Headlines News :
Home » » यात्रुले खचाखच भरिएको पानीजहाजका क्याप्टेन जब पानीमा हामफाले...

यात्रुले खचाखच भरिएको पानीजहाजका क्याप्टेन जब पानीमा हामफाले...

Written By news on Sunday, 1 March 2020 | 00:04

म्यानमारको डाला पोर्टमा खचाखच यात्रुले भरिएको एउटा पानीजहाजका क्याप्टेन अचानक पानीमा हामफालेको घटना अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएको छ ।


समाचार एजेन्सीहरुका अनुसार केही दिन अघि उनी याङ्गुन नदीमा डुब्न लागेकी महिलालाई बचाउनका लागि पानीजहाजबाट हामफालेका हुन् ।

६० वर्षीय क्याप्टेन यु मेइन्ट एइले जहाजबाट ४० फिट तल नदीमा हामफालेर ती महिलालाई बचाएका थिए ।


‘हाम्रो जहाज डाला पोर्टबाट प्रस्थान गरिरहेको थियो,’ क्याप्टेन एइले भने, ‘एक महिला अचानक जहाजबाट पानीमा खसिन्, महिला खसेकै ठाउँमा अर्को जहाज आउँदै थियो, उनलाई तत्काल उद्धार नगरिएको भए अर्को जहाजको चपेटामा उनी आउने थिइन्, अनि म हामफालेँ ।’
क्याप्टेन एइ विगत ४० वर्षदेखि जहाजमा काम गर्दै आएका छन् । ‘यतिका वर्ष मैले यति धेरै मानिसलाई यसरी बचाइसकेको छु कि उनीहरुको संख्या पनि मलाई याद छैन,’ उनले भने, ‘अब म बुढो भइसकेँ, म मरेँ भने पनि फरक पर्दैन, म हुँदाहुँदै कुनै युवा डुबेर मर्नु भएन, त्यही सोचेर म जहाजबाट हामफालेको थिएँ ।’

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger