Headlines News :
Home » » धनकुटाका ज्ञानु पोखरेल बिदेशमा, श्रीमती सबै सम्पती लिएर बेपत्ता (भिडियो सहित )

धनकुटाका ज्ञानु पोखरेल बिदेशमा, श्रीमती सबै सम्पती लिएर बेपत्ता (भिडियो सहित )

Written By news on Friday, 28 February 2020 | 00:50

फाल्गुन १६,दमक /नेपालका धेरै युवाहरु बैदेशिक रोजगारीका शिलशिलामा खाँडीका विभिन्न देशमा छन् । बिदेशिनु उनिहरुको रहर होइन बाध्यता हो ।

उनिहरु आफ्ना इच्छा चाहना त्यागेर परिवारको खुसीका लागी सता समुन्द्र पारिको देशमा गएका छन् । यसले परिवारमा रोजीरोटी पेटभरी खान पुगेको छ । अनि धेरै चुल्होमा आगो बलेको छ त्यती मात्र नभएर देशको अर्थतन्त्रमा पनि ठुलो टेवा पुगेको छ ।


तर यसको बिपरीत धेरै घर उजाडिएको पनि छ । श्रीमान् बिदेशमा श्रीमतीहरुको नेपाल चयन हुने गरेको साथै अर्कै केटासँग विहे गर्ने परिपार्टी पनि बढेको छ ।

चितवनका सन्तोस सुनारको घटनापछि झापाको दमककी एक महिला श्रीमानले विदेशबाट पठाएको रकमसहित ४५ लाख लिएर टाप कसिन् । यस्तै घटना धनकुटाको चौबिसे गाउँपालिका १ पोखरी टोलमा घट्यो । स्थानिय ज्ञानु पोखरेल बैदेशिक रोजगारीको सिलसिलामा साउदीमा छन् तर यहाँ ३६ बर्षीय श्रीमती जयन्ती पोखरेल झण्डै दुई सातादेखि बेपत्ता छिन् ।

धरानको बुढासुब्बा जान्छु भनेर हिडेकी उनि अहिलेसम्म परिवारको सम्पर्कमा आएकी छैनन् । उनलका १३ बर्षकी छोरी र ८ बर्षका छोराको बिचल्ली भएको छ । नन्द जुनु पोखरेलका अनुसार जयन्तीले नगद रु ९ लाख ,गरगहना,दुईवटा घडेरी बेचेर २५ लाख बराबरको सम्पती लिएर हिडेकी छन् । साथै गाउँका संघ सस्थाबाट रु १९ लाखको ऋण कमाएर सम्पर्कविहिन भएकी छन् । झापाको धुलाबारी माइत घर भएकी उनि हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन् ।

उनका श्रीमान ज्ञानु र छोराछोरीले जहाँ भएपनि घर फर्कन आग्रह गरेका छन् । खोजीका लागी प्रहरीमा निवेदन दिए पनि प्रहरीले बेवास्ता गरेको देवर शंकर पोखरेलले गुनासो गरे । उनले जहाँ भएपनि घर फर्किन आग्रह गरेका छन् । हेर्नुहोस् भिडियो

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger