Headlines News :
Home » , » कोरियामा कोरोना कहर ! के भन्छन् कोरियाका नेपाली ?

कोरियामा कोरोना कहर ! के भन्छन् कोरियाका नेपाली ?

Written By news on Sunday, 1 March 2020 | 21:37

केही समय पहिला चीनको हुबेइ प्रान्तस्थित ऊहान शहरबाट फैलिएको कोरोना (कोभिड–१९) भाइरस संसारभर फैलने क्रममा छ । छोटो समयमा धेरै मानिसको ज्यान लिन सफल कोरोनाले यतिबेला संसारलाई चिन्तित तुल्याउनका साथै विज्ञानलाई समेत चुनौती थपिदिएको छ । किनकी हालसम्म यसको कुनै पनि निश्चित औषधि पत्ता नलागेको वैज्ञानिकहरुको भनाइ छ ।


अहिलेसम्म चीनसहित ५१ देशमा कोरोनाभाइरस फैलिएको तथ्याङ्क फेला परेको छ भने संक्रमित संख्याका आधारमा कोरिया दोश्रो नम्बरमा छ । कोरियामा एक हप्तामा पच्चीस सय नयाँ संक्रमित थपिदैँ हाल ३ हजारको हाराहारीमा कोरोना पीडित छन् । यो संख्यामा दैनिक ५ सयभन्दा बढीको दरले वृद्धि भइरहेको छ ।


मृतक संख्याका आधारमा चीन र इरानपछि कोरिया तेश्रो नम्बरमा छ । यो आलेख तयार पार्दासम्म कोरोनाबाट एक विदेशीसहित १६ जना कोरियन नागरिकको मृत्यु भइसकेको छ ।


कोरोना एक प्रकारको मौसमी सरुवा रोगजस्तै भए पनि दिन प्रतिदिन संक्रमित संख्या बढ्दै जाँदा यसले महामारीको रुप लिदैँ गएको बुझिन्छ । संक्रमित क्षेत्रमा ऊहान शहर कै अनुपातमा मानिसहरुको मृत्यु हुँदै गएमा कोरोनाबाट विश्वभर ४ करोड मानिस मर्न सक्ने विश्व स्वास्थ्य संगठनले बताइसकेको छ ।

यस्तो डरलाग्दो चेतावनीसँगै बेलैमा औषधि पत्ता लाग्न नसक्दा सर्वत्र चिन्ताको ग्राफ बढेको छ । कतिपय वैज्ञानिकले कोरोना धेरै चिसोमा मात्र सक्रिय रहने हुनाले तापक्रम वृद्धि हुनासाथ यो स्वतः निष्क्रिय हुने बताएका छन् । सिङ्गापुरमा अहिले ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रम रहँदा त्यहाँ कोरोना उत्साहजनक रुपमा नियन्त्रण भइरहेको देखिन्छ । यसबाट उच्च तापक्रममा कोरोनाको असर त्यति सक्रिय नरहने पुष्टि हुँदै पनि गएको छ ।

शुरुवाती चरणमा कोरोनाले विशेष गरी दीर्घ रोगी र निकै उमेर भइसकेका वृद्ध मानिसहरुलाई आक्रमण गरेको पाइए पनि हाल युवाहरुको शरीरमा समेत सजिलै कोरोना प्रवेश गरेको देखिएको छ । अहिले कोरोनाले कुनै पनि उमेर समूह नहेरेको र यो विशेष प्रकारको घातक भाइरस रहेको चिकित्सकहरुले बताउन थालेका छन् । संक्रमितहरुमा रुघाखोकी लाग्ने, घाँटी दुख्ने, स्वासप्रस्वास प्रणालीमा समस्या हुने, अत्यधिक मात्रामा ज्वरो आउने, मुटु, कलेजो किड्नी जस्ता मुख्य अङ्गहरुलाई तत्कालै निष्क्रिय बनाइदिने जस्ता लक्षण पाइन्छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger