Headlines News :
Powered by Blogger.

Popular Posts

मिस वर्ल्ड टोनीले भनिन्, ‘नमस्ते नेपाल, तपाईंको न्यानो स्वागतका लागि धन्यवाद’

मिस वर्ल्ड –२०१९ बिजेता टोनी–एन–सिंह नेपालमा छिन् । उनी बिहिबार मध्यान्ह त्रिभुवन विमानस्थलमा उत्रिएकी हुन् । संस्कृति, पर्यटन र उड्डयन मन्त्रालयको निमन्त्रणमा नेपाल आएकी सिंहसँग मिस वर्ल्ड आयोजकका अध्यक्ष जुलिया मार्ले  र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन् ।


टोनीले मिस वर्ल्डको आधिकारिक इन्स्टाग्राममार्फत् सबै नेपालीलाई न्यानो स्वागतका लागि धन्यवाद दिएकी छिन् । उनले सुन्तला रङको ढाकाको साडी लगाएको तस्बिर पोष्ट गर्दै लेखेकी छिन्, ‘नमस्ते नेपाल, तपाईंको न्यानो स्वागतको लागि धन्यवाद ।’

‘कमेडी च्याम्पियन’ को ग्राण्ड फिनाले भब्य हुने, कहिले र कहाँ हुँदैछ फिनाले ? जान्नुहोस्

कमेडी रियालिटी सो कमेडी च्याम्पियनको ग्राण्ड फिनाले सोल्टी होटलमा चैत १ गते हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन विहीबार र शुक्रबार प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्राण्ड फिनालेको मिति पनि तोकिएको हो।

कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा हिमेश पन्त, सुमन कोइराला र खड्गबहादुर पुन स्थान पक्का गरिसकेका छन् । कमेडी च्याम्पियनको सफलतापछि निर्माण टिमले ‘च्याम्पियन चटके’ नामक कार्यक्रमको पनि निर्माण गर्ने घोषणा गरेको छ ।

नेपालमा अहिले रियालिटी शोको माग बढ्दो छ । हरेक टेलिभिजनले कुनै न कुनै नाममा रियालिटी शो प्रशारण गरिरहेका छन् । नेपालमा कमेडी शो सुरु भएको भने यो पहिलो पटक हो । गाइजात्राको छेको पारेर कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको यो कार्यक्रमले अहिले निकै लोकपृयता हासिल गरेको छ । थ्री प्रोडक्शनले निर्माण भएको यो रियालिटी शोको निर्देशक बिशाल भण्डारीले गरेका हुन् । यो शोमा हाँस्य कलाकार सन्तोष पन्त, मनोज गजुरेल, नायिका ऋचा शर्मा र निर्देशक प्रदिप भट्टराई निर्णायकको रुपमा छन् ।

‘यो कुनै विदेशी रियालिटी शोको फ्रेन्चाइज होइन । यसमा सहभागी हुनका लागि कमेडी च्याम्पिएनको एप्स डाउनलोड गरेर नेपालबाट सहभागी हुनेले सम्पादन नगरिएको ३ मिनेटको भिडियो र विदेशबाट सहभागी हुन चाहनेले ५ मिनेटको भिडियो आयोजक पक्षलाई पठाएका थिए । यीनै भिडियोलाई हेरेर निर्णायकले चयन गरेको आधारमा उत्कृष्ट भएकाहरुले विभिन्न शहरमा हुने कमेडी च्याम्पियनसिपको अडिसनमा सहभागीता जनाएका हुन् ।

अडिसनबाट चयन भएकाहरुमध्ये उत्कृष्ट २५ बाट १५ हुँदै उत्कृष्ट ३ लाई फाइनलमा उतारिएका छन् । विजेताले २५ लाख नगद र कार प्राप्त गर्ने आयोजकले बताएको छ । यो शोलाई नायिका रीमा विश्वकर्माले होस्ट गरिरहेकी छन् । सान थापाले लेख्ने स्क्रिप्टको निर्माताको रुपमा केकी अधिकारी, राज घिमिरे र सृजा थपलिया छन् ।

कोरोनासँग लड्न के–के खाने ? जनस्वास्थ्य विज्ञ पाण्डेका सुझाव पढौं

अर्थात् कोरोना भाइरसले अहिले संसार आक्रान्त छ । नेपाल पनि यसको उच्च जोखिममा रहेका कारण सरकारले विभिन्न हिसाबले चेतनाका काम गरिरहेको छ । यति हुँदाहुँदै पनि हाम्रो दैनिकीमा केही व्यवहार लागू गरे कोरोनासँग लड्न सकिन्छ ।

हाम्रो आकाश तथा धरतीमा करोडौं किटाणु छन् । त्यस मध्ये नोबेल कोरोना एउटा भाइरस हो ।

रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । रोगसँग लड्ने क्षमताको बिकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन । रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँ ।

१. पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं । हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गरौँ । खानामा जति बिबिधता भयो, हामी त्यति स्वस्थ हुन्छौं । भिटामिन C, B6, E, Zinc लगायत पोषण पाउने खाना सेवन गरौँ ।

२. नियमित व्यायाम, योग, हाइकिंग गरौँ । खेल खेल्ने बानी बसालौं ।

३. घाममा बसौं ।

४. नियमित अनुलोम/विलोम गरौँ । यसले फोक्सोको कार्यक्षमता वृद्धि गर्दछ ।

५. चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौं ।

६. बिहान/बेलुका नियमित १-१ चम्चा घ्यु खाने गरौँ ।

७. लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ ।

८. भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।

९. पर्याप्त मात्रामा सुतौं ।

१०. पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ ।

११. मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ ।

१२. दिल खोलेर हाँस्ने गरौँ ।

१३. नियमित चिया र कफी ( दुध/चिनी नहालेको ) सेवन गरौँ ।

१४. ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ ।

१५ . सरसफाइमा अल्छी नगरौं ।

र यो भिडियो पनि हेर्नुहोस्


एक पुरुषका दुई श्रीमती, किन गरे दोश्रो बिवाह ? थाहा पाए अचम्म लाग्छ हेर्नुहोस्

मानिसहरु घरमा श्रीमती भएर पनि बाह्य सम्बन्धमा हुन्छन्। यसले परिवारलाई भाड्ने काम गर्दछ । बाह्य महिलासँग श्रीमानको सम्बन्धबारे थाहा पाउँदा श्रीमतीहरु रिसाउँछन्। सामाजिक रुपमा यस कार्य स्वीकार्यसमेत छैन । तर, थाइल्यान्डकी ३२ वर्षीया वारिसारा पोक्रिचान आफ्ना श्रीमानका कान्छी श्रीमतीसँग मिलेर बसेकी छन्। उनीहरु दुवै साथीजस्तै छन् । ४२ वर्षीय मानोप नुटायोथिनले १० वर्ष अगाडि पोक्रिचानलाई दोस्रो श्रीमतीको रुपमा विवाह गरेका थिए। मानोपको पहिलो श्रीमतीको निधन भएको थियो।

तर मानोप बाह्य महिलासँगको प्रेममा परे। बाह्य सम्बन्धकाबारेमा थाहा पाउँदा पोक्रिचान रिसाइनन् । उनले आफ्ना श्रीमानका पे्रमीका २६ वर्षीया नाटया टोङपानलाई घरमा स्वागत् गरिन्। मानोप र नाटयाले पोक्रिचानकै सहयोगमा विवाह गरे। यतिबेला दुवै श्रीमतीको साथमा मानोप एकै घरमा बस्दै आएका छन्। उनीहरु निकै खुशी छन्। तीनै जना मिलेर काम गर्छन्। घर खर्च जुटाउँछन् ।

मानोप कार व्यापारी हुन्। दुवै श्रीमती कार व्यापारमा मोडलका रुपमासमेत काम गर्छन् । मानोप परिवारको ९ सन्तान छ। पहिलो श्रीमतीबाट ३ सन्तान, पोक्रिचानबाट ३ सन्तान र नाटयाबाट ३ सन्तान छ। उनीहरु सबै मिलेर ९ सन्तानको हेरचाह गरिरहेका छन् ।

थाइल्यान्डमा एक श्रीमान र दुई श्रीमती सँगै खुशीका साथ बसेका छन् भन्नेबारे सार्वजनिक भएपछि उनीहरुलाई टेलिभिजन कार्यक्रममा आनन्त्रितसमेत गरिएको थियो। उनीहरुले त्यहाँ भनेका थिए,‘प्रेम र विश्वास भए सबै सँगै मिलेर बस्न सकिन्छ।’

यो पनि पढ्नुहोस : बदला लिनका लागि ६१ वर्षका वृद्धले चोरे १५९ साइकल सिट, पुलिससमेत चकित

जापानको टोकियोमा ६१ वर्षका एक वृद्धलाई साइकलका १५९ सिट चोरीको आरोपमा पक्राउ गरिएको छ । आरोपीको नाम आकियो हतोडी हो । उनले १५९ वटा साइकलको सिट यसकारण चोरेका थिए किनभने उनको साइकलको सिट चोरी भएको थियो । शहरमा थुप्रै दिनदेखि लगातार साइकलको सिट चोरीको घटना बढिरहेको थियो । पुलिस थुप्रै दिनदेखि चोरीको बढ्दो मामलाका कारण तनावमा थिए ।

घरमा भेटिए १५९ सिटः ओकियोले पहिलो पटक अगस्टमा साइकलको सिट चोरेका थिए । जुन व्यक्तिको सिट ओकियोले चोरेका थिए ती व्यक्तिले पुलिसलाई यसबारे उजुरी दिएका थिए । पुलिसले जब अनुसन्धान सुरु गरे तब सिसिटिभी क्यामरामा आकियोले चोरी गरिरहेको स्पष्ट देखिएका थिए । उनले निकै सावधानीपूर्वक साइकलको सिट निकालेर आफ्नो बास्केटमा राखेको देखिएका थिए । त्यसपछि उनी पुलिस रडारमा आएका थिए ।

पुलिसले आकियोलाई पक्राउ गरेपछि उनको घरमा छापा मार्दा दंग भए । उनको घरबाट १५९ साइकल सिट बरामद गरियो ।पुलिसलाई दिइएको बयानमा आकियोले भने, ‘सन् २०१८ मा मेरो साइकलको सिट चोरी भएको थियो । जसका कारण मैले ठूलो समस्याको सामना गर्नुपर्‍यो । त्यसपछि मैले आफूले जस्तो समस्या भोगेँ त्यही समस्या अरुले पनि भोगुन् भन्ने उद्देश्यले यस्तो गरेको हुँ । त्यसकारण मैले पुलिसलाई यसबारे जानकारी दिनुको साटो चोरी गर्न सुरु गरेँ ।’

कोरोनाभाइरसबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या ९ पुग्यो, १३ राज्यमा फैलियो संक्रमण

अमेरिकाको वासिङ्टन राज्यका स्वास्थ्य अधिकारीले कोरोनाभाइरसको संक्रमणमा मृत्यु हुनेको संख्या मंगलबारसम्म ९ पुगेको बताएका छन्।

मृत्यु हुने सबै वासिङ्टन राज्यका हुन्।

सोमबारसम्म त्यहाँ ६ जनाको यस भाइरसका कारण उपचारका क्रममा ज्यान गएको थियो।

भरतले १२ कक्षा पास गरेका छन्। श्रीमती दिपाली ठाकुरको पढ्ने इच्छा पूरा गर्न उनले आफ्नो पढाइलाई निरन्तरता दिएनन्। बरू श्रीमतीको पढाइ निम्ति बाबुजस्तै जुत्ता सिलाएर पैसा जम्मा गर्न थाले।

दिपालीको स्टाफ नर्स पढ्ने धोको छ। उनको यही धोको अब भरतको सपना बनेको छ।

‘म त अब पढ्न सक्दिनँ, किनकि मैले पढेँ भने कमाउने कसले? कमाइ नभए दिपालीलाई स्टाफ नर्स कसरी पढाउने?’ भरतले भने, ‘हाम्रो बिहेलाई अहिलेसम्म उसको माइतीले स्वीकारेको छैन। त्यही भएर म उसलाई जसरी पनि पढाउँछु।’

भरत र दिपालीले प्रेम-विवाह गरेका हुन्। दिपालीका बाबु गाउँका मुखिया हुन्। आफूलाई तल्लो जातको भनेर ससुरालीले स्वीकार नगरेको भरत बताउँछन्।

एक वर्षअघि दिपालीसँग बिहे गरेपछि उनको माइती पक्षले प्रहरी लगाएर भरतलाई सातदोबाटो थानामा थुनाएको थियो।

‘हामीलाई दुई दिन प्रहरी कार्यालयमा थुनियो। जातपातको कुरा हो भन्ने थाहा पाएपछि बल्ल प्रहरीले छाडिदियो,’ भरतले भने, ‘मेरी श्रीमती मभन्दा तीन महिना जेठी छ, तर उसको बाबुले उमेर घटाइदिएकाले बिहे गर्ने बेला उमेर पुगेन भनेर उजुरी गरिएको थियो।’

सातदोबाटो प्रहरीसँग राम्रो चिनजानले आफ्नो कुरा बुझाउन सजिलो भएको उनी बताउँछन्।

भरत राम र उनकी श्रीमती दिपाली

महिनाको छ हजार रूपैयाँमा दुई कोठा भाडामा लिएर बसिरहेका भरत दिनको ८ सयदेखि २ हजार रुपैयाँ कमाउँछन्। उनको बाबु पनि महिनाको झन्डै १५ हजार बचत गर्छन्। छोराको इच्छाअनुसार बुहारीलाई पढाउन ठागा राम तयार छन्।

‘छोराको इच्छा छ भने मैले सहयोग गर्नैपर्छ। उसले कसैलाई ठगेको छैन। आफ्नो दुःख गरेर खाएको छ,’ ठागा रामले भने, ‘आफ्नो कमाइले पुगेन भने त्यसले खर्च माग्ने मसँगै त हो।’

सातदोबाटो सडकमा भरतसँगै उनका दाजु राम पनि बस्छन्। राम कपडा सिलाउने काम गर्छन्। उनी अहिले यही काम निम्ति दुबई जाने तयारीमा छन्। यसअिघ साउदी गएका थिए।

सधैंभरि सडकमै जुत्ता सिलाएर बस्ने कि सटर राख्ने भन्ने जिज्ञासामा भरतले भने, ‘अब दाइ विदेश जान्छ, अनि पैसा भयो भने सटर लिनुपर्ला।’

भरतलाई भने उनका बाबुले प्रहरीमा भर्ती हुन भनेका छन्। उनलाई प्रहरीमा जागिर खान मन छैन।

‘प्रहरीमा जागिर गरेर के गर्ने, कमाइ पनि थोरै हुन्छ,’ भरतले भने, ‘मलाई त आफ्नै काम गर्न मन छ।’

दिपालीलाई स्टाफ नर्स बनाउने धोको पनि त पूरा गर्नुछ।

watch video

loading...
 

pro

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger