Headlines News :
Home » » हिजो फेवातालमा डुङ्गा प’ल्टिँदा बे’पत्ता भएका काठमान्डौका रामशरण मृ’त फेला

हिजो फेवातालमा डुङ्गा प’ल्टिँदा बे’पत्ता भएका काठमान्डौका रामशरण मृ’त फेला

Written By news on Tuesday, 25 February 2020 | 21:13

१३ फाल्गुन २०७६, मंगलवार काठमान्डौ ,हिजो सोमबार दिउसो पोखराको फेवातालमाडुङ्गा प’ल्टिँदा बे’पत्ता भएका काठमाडौँ १० कपनका २७ वर्षीय रामशरण लुइँटेल मृ’त फेला परेका छन् । गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट ख’टिएको गो’ताखोर सहितको उ’द्धार टो’लीले खो’जतलास गर्ने क्रममा मङ्गलवार दिउँसो लुइँटेलको श’व फे’ला पारेको हो ।तालको ख’पौदी क्षेत्रमा ४० फिट ग’हिरो क्षेत्रबाट लुइँटेलको श’व नि’कालिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी यादव ढकालले जानकारी दिए ।

सशस्त्र प्रहरीका तालिम प्राप्त गोताखोर दी’र्घ नारायण पौडेल र दीपेन्द्र विष्टको टोलीले तालमा घो’प्टो परेर रहेको लुइँटेलको श’व नि’कालेको हो । सोमबार दिउँसो खपौदी क्षेत्रमा ३ जना सवार डुङ्गा प’ल्टिएको थियो । उक्त डुङ्गामा सवार काठमाडौँ कपन बस्ने २७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रुपेश अधिकारीको तत्कालै स’कुशल उ’द्धार गरिएको थियो भने रामशरण बे’पत्ता थिए ।

अन्य समाचार :यती होल्डिङलाई दरबारमार्गको जग्गा लिजमा दिँदा प्रचण्ड प्रधानमन्त्री थिए १३ फाल्गुन २०७६, मंगलवार काठमाडौं, उपप्रधानमन्त्री ईश्वर पोखरेलले दरबारमार्ग र ताहाचलको जग्गा यती होल्डिङलाई लिजमा दिँदा क्रमश: पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको उल्लेख गर्दै नेपाल ट्रष्टका तर्फबाट श्वेतपत्र जारी गरेका छन्।

उपप्रधान एवम् रक्षा मन्त्री रहेका पोखरेल नेपाल ट्रष्टका अध्यक्ष समेत हुन्। नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरेर गोकर्ण रिसोर्टसहित नेपाल ट्रष्टका अधिकांश जग्गा यती समूहले लिजमा पाएको खुल्दै गएपछि सरकारले मंगलबार श्वेतपत्र जारी गरेको हो।

यती समूहले गोकर्ण रिसोर्ट लिज अवधि ५ वर्ष बाँकी रहँदै थप २५ वर्षलाई पाएपछि सरकारमाथि प्रश्न उठेको थियो। पोखरेलले गोकर्ण रिसोर्ट लिजमा दिने निर्णयले सरकारलाई लाभ मिल्ने उल्लेख गरेका छन्।

दरबारमार्गको जग्गा यती समूहको थामसेर्कु ट्रेकिङ प्रालिले प्राप्त गर्ने निर्णय हुँदा प्रधानमन्त्री नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ट्रष्टको अध्यक्ष गृहमन्त्री विमलेन्द्र निधी रहेको श्वेतपत्रमा उल्लेख गरिएको छ। दरबारमार्गमा १ रोपनी १५ आना जग्गा थामसेर्कुले २०७४ वैशाख ५ गते प्राप्त गरेको थियो। थोम सेर्कुले दरबारमार्गको जग्गा १ अर्ब ४० करोड १० लाख ८६ हजारमा प्राप्त गरेको हो।

त्यस्तै, ताहाचलको जग्गा थामसेर्कुले प्राप्त गर्दा ट्रष्ट्रको संरक्षकको हैसियतमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेको र अध्यक्षमा गृहमन्त्री जनार्दन शर्मा रहेको श्वेतपत्रमा उल्लेख छ। ताहाचलमा सोल्टी होटलसँगै रहेको २ हजार १ सय ९० वर्गमिटर जग्गा २७ करोड ७४ लाख ७५ हजारमा थामसेर्कुले २०७४ कात्तिक १३ गते प्राप्त गरेको थियो ।

गोकर्णको जग्गाबारे भने लिज अवधि बढाएका कारण १ अर्ब बढी लाभ मिल्ने पोखरेलले श्वेतपत्रमा उल्लेख गरेका छन्। लिज अवधि बाँकी रहँदा नयाँ लिज सम्झौताले भाडादर बढेको र त्यसले ४ करोड ३१ लाख लाभ मिल्ने श्वेतपत्रमा उल्लेख गरिएको छ।

त्यस्तै, यती समूहले गोकर्णमा २९ करोड लगानीमा ४८ वटा सुविधायुक्त कोठा र ४ सय जना अट्ने हल बन्ने उल्लेख गरेको छ। त्यस्तै, २५ वर्ष लिज अवधि थप गर्दा १ अर्ब १ करोड ५१ लाख प्राप्त हुने श्वेतपत्रमा उल्लेख गरिएको छ। अप्रत्यक्ष लाभ करबाट ३ अर्ब प्राप्त हुने, रोजगारी सृजना हुने पर्यटन उद्योगमा टेवा पुग्ने र सम्पत्तिको संरक्षण हुने पोखरेलले श्वेतपत्रमा दाबी गरेका छन्।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger