Headlines News :
Home » » प्रेमीद्धारा अश्लिल फोटो खिचेर ब्ल्याकमेलिङ, बेईज्जतको डरले सुन्दरहरैचाकी प्रितिले रोजिन् आत्महत्या

प्रेमीद्धारा अश्लिल फोटो खिचेर ब्ल्याकमेलिङ, बेईज्जतको डरले सुन्दरहरैचाकी प्रितिले रोजिन् आत्महत्या

Written By news on Tuesday, 25 February 2020 | 21:47

 प्रेमको नाटक गरी नजिकिएका युवाले आफुहरु बिचको यौन सम्बन्धलाई भिडियो बनाएर ब्ल्याकमेलिङ शुरु गरेपछि मोरङको सुन्दरहरैचाकी एक बिवाहित महिला आत्माहत्या गर्न बिवश भईन ।




उनलाई आत्महत्या गर्न बिवश बनाएको आरोपमा सुन्दरहरैचाका ऋषिराम भट्टराई र सुन्दरहरैचा ६ की १९ बर्षिया सन्जिता निरौला बिरुद्ध आत्माहत्या दुरुत्साहन मुद्धामा पक्राउ गरी म्याद थप गरी अनुसन्धान भईरहेको छ । एक छोरीकी आमा समेत रहेकी सुन्दरहरैचा ५ की प्रिति तिम्सिना (अधिकारी) ले फागुन ८ गते सुन्दरहरैचा ५ स्थित भिमकुमारी ढकालको घरमा सलको पासो लगाई झुण्डिएको अबस्थामा फेला परेकी थिईन । उनी ढकालको घरमा डेरामा बस्थिन । उनका श्रीमान बैदेशिक रोजगारकिा शिलशिलामा बिदेशमा थिए । उनले छोडेको सुसाईड नोट र मोबाईलका आधारमा अनुसन्धान गर्दा उनलाई आत्महत्या गर्न बाध्य बनाएको देखिएकोले एक युवा र एक युवतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तो छ घटना बिवरण
विवाहित प्रिति एक छोरीका साथ डेरामा बस्थिन । सुन्दरहरैचाका ऋषिराम भट्टराई उनलाई पहिला देखि नै मन पराउँथे । उनीहरु सामाजिक सञ्जाल मार्फत थप नजिक भए । उनीहरु बिच अबैध सम्बन्ध समेत भयो । ऋषिले त्यहि क्रममा यौन सम्बन्धको भिडियो बनाए । पछि उनले डयाजलिङ क्वीन नामको फेसबुक प्रयोगकर्ता दिपा आईडीबाट सो भिडियो पोष्ट गरिदिने भन्दै पटक पटक मृतक सँग रकम असुलेका थिए ।

अनुसन्धानका क्रममा डयाजलिङ क्वीन,दिपा नाम गरेको आईडी ऋषि भएको र ईटहरीको गोर्खा डिर्पाटमेण्ड अगाडी पैसा लिन गएकी सुन्दरहरैचा ६ की सञ्जिता निरौलालाई ऋषिले पठाएको पुष्टि भएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी उपरीक्षक बिश्व अधिकारीले मंगलबार बेलबारीमा आयोजित पत्रकार सम्मेलनमा बताए । बिभिन्न मितिमा पटक पटक धम्की दिँदै पैसा असुल्ने गरेको र आफुसँग पैसा नभएका कारण आफुले आत्माहत्याको बाटो रोजेको मृतक प्रितिले छोडेको सुसाईड नोटमा उल्लेख छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger