Headlines News :
Home » » रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको कारण खुल्याे

रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको कारण खुल्याे

Written By news on Tuesday, 25 February 2020 | 20:53

त्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको छानबिन समितिले प्रतिवेदन तयार पारेकाे छ ।

मन्त्रीसहित ७ जनाको ज्यान जानेगरी भएको सो ‘भिआइपी’ दुर्घटनाको छानबिन गर्न गठित समितिको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार प्रकाशित गरेको हाे ।

पाथीभराबाट फर्किने क्रममा ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटनाग्रस्त भयाे । जसमा मन्त्री अधिकारीका अतिरिक्त हेलिकप्टरका मालिक रहेका यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुब भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरे गरी ७ जनाकै ज्यान गएकाे थियाे ।
दुर्घटनामा पाइलटले जानाजान गल्ती गरेको कुनै तथ्य फेला नपरेको प्रतिवेदनले जनाएको छ । तर हाइअल्टिच्युडमा हेलिकप्टरको लोड पनि अधिक भएका कारण समेत समस्या आएको हुनसक्ने अनुमान गरिएको छ । प्रतिवेदनका अनुसार हेलिकप्टरमा ७ जना सवार थिए, जबकि सो हेलिकप्टरको स्टाण्डर्ड क्षमता कुल ६ जना मानिन्छ । अगाडिको सिटमा पाइलट र २ जना यात्रु गरी ३ जना बसेका थिए । पछाडि चार जना बसेका थिए ।

अगाडि बढी लोड पर्न गएर हेलिकप्टरले सन्तुलन गुमाएको हुनसक्ने देखिन्छ । किनभने इन्धन बोक्ने ट्यांकी पछाडि हुने र लामो समय हेलिकप्टर उडिसक्दा इन्धन खपत भएर पछाडिको लोड कम हुने तर अगाडि बढी तौलका ३ जना परेमा त्यसले सन्तुलन गुमाउन सक्ने देखिन्छ । यद्यपि अगाडिको सिटमा पाइलटबाहेक अरु दुईजना को बसेका थिए भन्नेचाहिँ प्रतिवेदनले खुलाउन सकेको छैन ।

पाथिभरा क्षेत्रको मौसम खराब हुँदा सोही समयमा ताप्लेजुङ एयरपोर्टको भिजिबिलिटी पनि कम भएका कारण सो विमानस्थलको टावर बन्द भएको प्रतिवेदनले देखाएको छ । सोही कारण उडिसकेको हेलिकप्टर पुनः पाथिभरा हेलिप्याडमै लिन खोजेको हुन सक्ने र सोका लागि हेलिकप्टरले एक चक्कर लाउन खोजेको देखिन्छ । पाथिभरामा पुनः बस्न नपाउँदै सो क्षेत्रभन्दा ३७० मिटरको दुरीमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको देखिन्छ । पाथिभराबाट उडेको ३५ सेकेन्डमै हेलिकप्टर दुर्घटनामा परेको प्रतिवेदनको निष्कर्ष छ ।

भीआईपी उडानको कुनै निश्चित प्रक्रिया र मापदण्ड सेवाप्रदायक कम्पनीका तर्फबाट नहुनु र आफूखुसी उडान गर्ने प्रवृत्ति हाबी हुनका कारण पनि सो दुर्घटना भएको प्रतिवेदनको ठहर छ । किनभने तेह्रथुम जाने मात्र कार्यक्रम रहेकाेमा अचानक पाथिभरा जाने मनसाय यसैकाे उपज हाे ।

तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययन गर्नका लागि तत्कालीन मन्त्री अधिकारीकाे टाेली गत साल फागुन १५ गते काठमाडाैँबाट उडेकाे थियाे । तर तेह्रथुमकाे कार्यक्रम सकेर अचानक पाथिभरा जाने निर्णय भएकाे थियाे, जसकाे जानकारी काठमाडाैँ टावरलाइ समेत दिइएकाे थिएन ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger