Headlines News :
Home » » विदेशबाट नेपाल आएका श्रीमानलाइ बिमानस्थलमा लिन पुग्दा, अर्कै युवतीले श्रीमानलाइ लिन पुगेको देखेपछि.. (भिडियो)

विदेशबाट नेपाल आएका श्रीमानलाइ बिमानस्थलमा लिन पुग्दा, अर्कै युवतीले श्रीमानलाइ लिन पुगेको देखेपछि.. (भिडियो)

Written By news on Saturday, 22 February 2020 | 21:17

श्रीमान वैदेशिक रोजगारीमा छन् । १५ वर्ष भयो श्रीमानले अहिले सम्म श्रीमानले माया गरेको नबोलेको । तर पनि उनै श्रीमान भनेर बसीरहेकी छन् । छोरी ठूली हुँदैछन् । छोरीले बाबा किन आउनुहुन्न भनेर प्रश्न गर्दा उनको मन भक्कानिन्छ । अञ्जु लामा (गोग्वा) हेटौडा उपमहानगरपालिका शिखरपानी भन्ने ठाउँमा अहिले पनि श्रीमानको पर्खाइमा छन् । १७ वर्षको उमेरमा उनको विवाह भएको थियो । २०६२ सालमा अञ्जुको विवाह रमेशकुमार गोग्वा संग भयो उनी २०६३ सालमा विदेश गएका हुन् ।

विदेश गएको ५ वर्ष सम्म उनीहरुको सम्बन्ध राम्रै चलेको थियो । फोनमा कुराकानी हुन्थ्यो । त्यस पछि भने उनको ब्यवहार परिवर्तन भयो । एक दुई पटक उनी नेपाल आए तर नेपाल आउँदैछु भनेर कहिल्यै भनेनन् । हेटौंडा बजार आइसकेपछि एकैपटिक फोन गर्थे अनि कहाँ छौं बुढी भनेर फोन गरेर सोध्थे । विदेश गएको १५ वर्षमा उनी ४ पटक घर आए तर उनलाई म आउँदैछु भनेर भनेनन् । मलेसियामा रहेका उनी चौथो पटक आउँदा भने आफ्ना श्रीमानको रहस्य खुल्यो ।

जहिले पनि नेपाल आउँदा आउँदैछु नभन्ने रमेश चौथो पटक नेपाल आउन लागेको उनले आफै थाहा पाइन् । अञ्जुको दाई पनि मलेसियामा थिए । दाईले बहिनीलाई ज्वाई नेपाल आउँदैछन् भनेर खबर गरिदिए । त्यतीबेला उनी श्रीमानलाई थाहा नदिएर काठमाडौं स्थित विमानस्थलमा पुगिन् । उनी माक्स लगाएर गइन् । छोरीले पनि निकै कर गरिन् । सबैको बुवा आउँदा छोराछोरी विमानस्थलमा लिन जान्छन् । हामी मात्र किन नजाने भनेपछि उनी काठमाडौं गइन् । आफुलाई भाई लिन आउँछ भनेका श्रीमानलाई लिन अर्कै महिला लिन गएको देख्दा छाँगावाट खसेजस्तो भइन् ।

अञ्जु र रमेशको १४ वर्षको छोरी छ । श्रीमानले मलेसिया गएको ५ वर्ष पछि उनले खर्च पनि पठाउँदैनन् । उनले आफै दुख गरेर छोरीलाई पढाएकी छन् । छोरी ८ मा पढ्छिन् बोर्डिगं स्कूल पढाउन नसकेर उनले सरकारी विद्यालयमा छोरी पढाएको बताइन् ।

उनले छोरी पढाउन र आफ्नो जिवन गुजार्न गरेको दुखका बारेमा प्रश्न गर्दा भक्कानिएर बोल्नै सकिनन् । श्रीमान विदेश जाँदा उनी गर्भवती थिइन् । श्रीमानले छोरी देखेका थिएनन । पहिलो पटक तीन वर्ष पछि आउँदा छोरीले नचिनेका कारण बाबा पनि भनिन अंकल भन्थि । म आफै विवाह गरेर आएको पनि होइन । म जसरी पनि विवाह गर्छु भनेर उनकै करले विवाह भएको थियो । माइतमा घाँसदाउरा समेत गर्न नजानेकी उनी घरमा आएपछि त्यो सबै गर्नुपरेपछि उनले सुरुका दिनमा निकै दुख गरिन् । हेर्नुहोस् भिडियो..

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger