Written By news on Saturday, 22 February 2020 | 20:40
नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान कायम गरेका पुराना र्यापर सुरेन्द्र गुरूङ (हाकिम) को स्वरमा रहेको गीत ‘त्रास’ युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सुरेन्द्र गुरुङको स्वरमा रहेको गीत हाकिम इन्टरटेन्मेन्ट मिडियाको अफिसियल युट्यूब मार्फत सार्वजनिक गरिएको हो ।
गीतमा शब्द रचना सुरेन्द्र गुरुङको रहेको छ ।
मोडल दीपक शाहीले फिचर्ड म्युजिक भिडियोको निर्देशन तथा सम्पादन एलिस नेप्किङ र सुजन श्रेष्ठले गरेका छन् । उक्त गीतमा फेशन डिजाइनिङ सोन्या गुरुङले गरेकी छिन् ।
पाँच दर्जन भन्दा बढी गीतमा स्वर दिइसकेका गायक सुरेन्द्र गुरुङ (हाकिम) यस गीतमा फरक गायकी सुन्न सकिन्छ । ‘यो गीत मैले अलिकति फरक शैली र तरिकामा देशको बारेमा गाएको छु । आशा छ गीतले दर्शक श्रोताको मन जित्न सफल हुनेछ’ हाकिमले भने ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment