Headlines News :
Home » » हिमानीभन्दा टाढा सोनिकासँग गाढा प्रेममा पारस पुग्नुपर्ने कारण यस्तो

हिमानीभन्दा टाढा सोनिकासँग गाढा प्रेममा पारस पुग्नुपर्ने कारण यस्तो

Written By news on Saturday, 22 February 2020 | 22:40

अघिल्लो बर्षको सुरुआततिर गोरखामा हिमानी ट्रष्टले बनाएको विद्यालयको भवन उद्घाटनका क्रममा पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह आमने सामने थिए ।
पूर्ववडामहारानी कोमल राज्यलक्ष्मी शाहले उद्घाटन गरेको नयाँ भवनको औपचारिक कार्यक्रममा पति पत्नीको जम्काभेट भएको थियो । लोकलाई देखाउनका लागि उनीहरूबीच साधारण संवाद भयो त्यो त्यसअघिको एक दशक र त्यसपछि हालसम्मका लागि दुर्लभ दृश्य थियो ।

राजतन्त्र अन्त्य भई गणतन्त्र घोषणा हुनासाथ पारस प्रेमिका कन्निकासँग थाइल्यान्डमा लामो समय बसे । सोही बेलादेखि पारस–हिमानीको सम्बन्धमा ख’टप’ट देखिएको थियो ।
‘आम नेपाली नारीजस्तै राजपरिवारको भए पनि पुर्वयुवराज्ञीलाई ति विविध घटनाक्रमले केही नमिठो बनाएको थियो । हालसम्म पनि यो क्रम चलिरहेको छ, जसले सम्बन्धमा सुधार आउला भन्ने देखिँदैन’, निर्मलनिवास स्रोतले भन्यो,‘आजभोलीका समाचार, तस्बिर र घ’टनाक्रमले पनि त्यहि देखाउँछ ।’
थाइल्यान्डमा ला’गुऔ’षध प्रयोग गरेको अभियोगमा पारसलाई त्यहाँको प्रहरीले हि’रास’तमा राखेपछि छुटाउनका लागि हिमानी पुगेकी थिइन् । उनले पारसलाई रिहा गराए पनि सँगै बसिनन् र सँगै काठमाडांै पनि फर्किनन् ।

‘त्यसबेला देखिएको त्यो परिदृश्य नै सम्बन्धमा नजिक नभएको भन्ने स्पष्ट चित्र थियो’, हिमानी नजिक रहेर काम गरिरहेकी एक जना महिला भन्छिन्,‘उहाँ (हिमानी) त्यसपछि सामाजिक काममा सक्रिय हुनुभयो र हिमानी ट्रष्टमार्फत अलग बाटो समात्नुभयो ।’
पारस–हिमानी नजिक नहुनुको एउटा तर महत्वपूर्ण कारणचाहिँ धार्मिक अन्धविश्वास पनि रहेको बताइएको छ । धार्मिक माताको नाममा काम गरिरहेकी सविता नामकी महिलाले हिमानीलाई केही बर्षसम्म पारससँग बस्न नहुने सुझाव दिएकी थिइन् । सोही सुझावले नेपालमा रहँदा पनि पारसको निर्मलनिवास प्रवेशमा ब्रेक लगायो ।

झन्डै एक दशकभन्दा लामो समयदेखि पारस–हिमानीको भौतिक सम्बन्ध नभएको देखिन्छ । भावनात्मक सम्बन्धमा पनि चढाव छैन बरु उतार मात्रै छ । केही बर्षदेखि पारस नेपालमै भए पनि हिमानीसँग नजिक हुने अवसर पाएका छैनन् । एक हिसाबले उनलाई निर्मलनिवासमा हिमानी भएका बखत प्रवेशमा निषेध छ ।

निर्मलनिवास स्रोत भन्छ,‘राजतन्त्रको अवसान भएका दिनदेखि नै पारसको पारिवारिक जीवन पनि परिवर्तन भयो । एक हिसाबले झन्डै डेढ दशकदेखि उनी पत्नी हिमानीसँग भावना, संवेदना, प्रेम र भावुकतासँग रुमल्लिन पाएका छैनन्, यो उनकै कारणले निम्तिएको नियती हो । त्यसैले बाहिर अफेयरका कुरा आइरहेका छन् ।’

हिमानीसँग नजिक हुन नपाएका पारस पछिल्लो समय भने विवादीत युट्युवर सोनिका रोकायासँग अफेयरमा रहेका पर्याप्त कारण र उदाहरण छन् । दरबारमार्गको एउटा रेष्टुरेन्ट उद्घाटन गरेका पारसको रोकायासँगको आलिंगनको तस्बिर बाहिरियो । अफेयरका चर्चा चल्न थाले ।
यस विषयलाई थामथुम गराउने कोशीश गरिए पनि पारस–रोकायाको सम्बन्धको पारो चढिरहेकोचाहिँ अन्नपूर्ण बेस क्याम्पदेखि पोखराको लामो बसाईसम्मका विवरणले छताछुल्ल बनायो ।

नेपालमै बसेका तर परिवार र पत्नीसँग नजिक हुन नपाएका पारस छोराछोरीसँग भने अधिक सामिप्यमा छन् । हिमानी नपुगे पनि पारसको गएको जन्मदिनमा दुई छोरी र एक छोरा पोखरामा पुगेका थिए ।
पछिल्लो समय भने हिमानीसँग टाढा र रोकायासँग गाढा प्रेममा पारस रहेको खुलासा आलिंगनमा बाँधिएका तस्बिर र भिडियोले सनसनी बनाएको छ भने सोनिकाको जन्मदिनको अवसर पारेर उपहारमा दिइएको हिराको हार पनि चर्चामा छ ।

‘कुनै आम मानिस, साथी वा सहयोगीका लागि उपहार दिने तरिका, उनीसँगको सम्बन्धलाई देखाउने तरिका नै फरक हुन्छ । तर, पारसले नीजि प्रेमिकाका हिसाबले नै सोनिकासँग गरिएका व्यवाहारलाई बाहिर ल्याइरहेका छन्’, स्रोतले भन्यो,‘यसले उनको बाहिरी अफेयरलाई प्रष्ट बनाएको मात्र छैन, पत्नीसँग सम्बन्ध सुधार छैन भन्ने स्पष्ट पार्छ ।’

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger