Headlines News :
Home » » चार वर्षको प्रेमपछि प्रतिभा घिमिरे र क्रिकेटर सोमपाल कामीको बिहे (भिडियोसहित)

चार वर्षको प्रेमपछि प्रतिभा घिमिरे र क्रिकेटर सोमपाल कामीको बिहे (भिडियोसहित)

Written By news on Wednesday, 29 January 2020 | 23:50


क्रिकेटर सोमपाल कामीले चार वर्षअघि प्रतिभा घिमिरेलाई प्रेम प्रस्ताव राखेका थिए। प्रतिभाले जवाफ दिन झन्डै दुई साता लगाइन्।

सन् २०१६ मार्च महिनाका ती दुई साता सोमपालको निम्ति दुई जुनी बराबर भयो। त्यसपछि प्रतिभाले जे जवाफ दिइन्, त्यसले यो जोडीलाई जुनी-जुनीको निम्ति एकअर्कासँग बाँधेको छ। यो खबर सीताराम कोइराला र निशा भण्डारीले सेतोपाटीमा लेखेका छन् ।

दुई साताको पर्खाइपछि जब प्रतिभाले प्रेम प्रस्ताव स्वीकार गरिन्, सोमपाललाई ‘जिन्दगीकै सबभन्दा ठूलो म्याच जितेजस्तो’ खुसी भयो। त्यही खुसी बिहीबार दोब्बर हुँदैछ, जब उनीहरू चार वर्षको प्रेम सम्बन्धलाई विवाहले अझ कसिलो पार्दैछन्।
राम्रो साथीलाई जीवनसंगिनी बनाउन पाउँदा बढी नै खुसी लाग्ने रहेछ,’ विवाहको पूर्वसन्ध्यामा सेतोपाटीसँग आफ्नो खुसी साट्दै सोमपालले भने।

प्रतिभा पनि आफूले माया गरेको मान्छेसँग सम्बन्ध गासिँदा घरि हर्षित र घरि भावुक हुन्थिन्। सोमपालकै जस्तो भावमा उनले भनिन्, ‘हाम्रो प्रेम विवाहमा परिणत हुँदैछ। निकै रमाइलो लागिरहेको छ।’ सोमपाल र प्रतिभाको भेट पाँच वर्षअघि भएको थियो।

सोमपालले नेपाली राष्ट्रिय क्रिकेट टिमबाट ‘डेब्यू’ गरेको वर्षदिन बित्दै थियो। उनी सन् २०१५ को सुरूआतमा धनगढीमा आयोजित एसपिए कप खेल्न गएका थिए। त्यति बेला उनले बुटवलको न्यू होराइजन टिमका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए।

नेपाली क्रिकेटका उदाउँदा खेलाडी सोमपालका प्रशंसकहरू बढ्दै थिए। समर्थकको भिडमा एसपिए कपको सुरक्षा गर्न आएका एक सुरक्षाकर्मी पनि थपिए। उनले सोमपाललाई आफ्नो घरमा खानाको निम्तो दिए। सुरूमा त सोमपालले पन्छाउने कोशिस गरे। निकै कर गरेपछि ‍राजी भए।

खाना प्रस्ताव गर्ने सुरक्षाकर्मी धनगढी, अदालत रोडको जुन घरमा डेरा बस्थे, त्यो घर प्रतिभाको थियो। प्रतिभा त्यो बेला बिदामा उतै थिइन्।

ती सुरक्षाकर्मीले ‘क्रिकेटर सोमपाल कामी खाना खान आउने’ कुरा सबैलाई सुनाइसकेका रहेछन्। ‘सुरूमा त दाइको कुरा मैले पत्याइनँ। राष्ट्रिय क्रिकेटर हाम्रो घरमा खाना खान के आउलान् जस्तो लागेको थियो,’ प्रतिभाले त्यो क्षण सम्झिइन्।

सुदुरपश्चिममा जन्मिएकी प्रतिभालाई क्रिकेट पहिल्यैदेखि मनपर्थ्यो। सोमपालसँग भेट हुनुअघि नै उनी नेपाली क्रिकेट टिमको खेल पछ्याउँथिन्।

सन् २०१४ को टी-२० विश्वकप हेरेको उनलाई अझै याद छ। ‘नेपालको खेल टेलिभिजनमा लगाउन आग्रह गर्थेँ,’ उनी भन्छिन्, ‘सबैलाई नेपालको खेल हेरौं भनेर प्रोत्साहन गरिरहेको हुन्थेँ।’

विश्वकपमा यादगार प्रदर्शन गरेको नेपाली टिम फर्कँदा स्वागत गर्न सडकमै निस्किएको उनले बताइन्। उनलाई नेपाली टिमका शक्ति गौचन, पारस खड्का र ज्ञानेन्द्र मल्लको नाम याद थियो।

‘नेपाली टिम पुरानो बानेश्वरबाट फर्कँदै थियो,’ उनी सम्झन्छिन्, ‘म कुद्दै-कुद्दै हेर्न पुगेँ। सबैलाई हाइ गरेँ। पछि मात्र थाहा भयो, त्यो टिममा सोमपाल पनि रहेछ।’

तिनै सोमपाल खाना खान आफ्नो घर आउने भएपछि उनको हर्षको सीमा रहेन। ‘आन्टीले सोमपाल आउने निश्चित गरेपछि मैले हतार-हतार खाना बनाएँ,’ प्रतिभाले मुस्काउँदै सुनाइन्।

घर आएपछि सोमपालको परिचय प्रतिभाका परिवारसँग भयो। सोमपाल त्यति बेलै प्रतिभाकी दिदीसँग निकै नजिकिएका थिए। अनि प्रतिभासँग? ‘उसले सुरूमा त मेरो अनुहार पनि हेरेको थिएन,’ प्रतिभाले भनिन्।

अनुहारमा सिधा नहेरेर के भयो! सोमपाल प्रतिभाबाट सुरूमै प्रभावित भएको बताउँछन्। ‘खाना खाइसकेपछि हात धुँदा उनले पानी हालिदिएकी थिइन्,’ सोमपाल पहिलो भेटको सम्झना सुनाउँछन्, ‘त्यही बेला उनको बानी मलाई मनपरेको थियो।’

त्यस दिन सोमपाल र प्रतिभाबीच सामान्य कुराकानी मात्र भयो। एसपिए खेलेर फर्किएपछि प्रतिभाकी दिदीले सोमपाललाई प्रतिभाको फेसबुक प्रोफाइल पठाएर साथीका लागि प्रस्ताव पठाउन भनिन्। त्यसपछि भने दुईबीच कुराकानी हुन थाल्यो।

छुट्टीमा घर गएकी प्रतिभा काठमाडौं फर्किइन्। फेसबुकको चिनजान ह्वाट्सएपतिर पुग्यो। कुराकानी बढ्दै गयो। प्रतिभा र सोमपाल मिल्ने साथी भए। भारतमा हुर्के-बढेका सोमपाल नेपालमा भिजिसकेका थिएनन्। प्रतिभा सोमपालको हरेक कुरामा ध्यान दिन्थिन्।

‘म नेपालमा नौलो थिएँ,’ सोमपाल भन्छन्, ‘त्यसैले होला, उनी मेरो हरेक कुरामा ख्याल गर्थिन्। मैले बोल्नेदेखि लगाउने कुरामा उनको सहयोग थियो।’ सोमपालको बानी मन परेकाले उनलाई सहयोग गरेको प्रतिभा बताउँछिन्।

एकअर्कालाई सहयोग गरे पनि त्यसबीच दुई जनाले छुट्टै कहिल्यै भेटेननन्। प्रतिभाको परिवारकै साथमा घुम्न भने जान्थे। साथीको सम्बन्ध साढे एक वर्षसम्म चल्दा सोमपालको मनमा ‘प्रतिभालाई प्रेम गर्छु’ भन्ने भान नभएको होइन।

‘मनमा एकप्रकारको भावना त थियो,’ सोमपालले प्रतिभाप्रतिको माया झल्काउँदै भने, ‘भन्ने आँट आएको थिएन। उसको अर्कै प्रेम सम्बन्ध छ कि, मैले आफ्ना भावना भन्दा भइराखेको साथीको सम्बन्ध पनि टुट्ने हो कि वा मैले डिजर्भ गर्दिनँ कि भन्ने लाग्थ्यो।’ उता प्रतिभामा पनि सोमपालप्रति माया फक्रिरहेको थियो।

‘केटीलाई सम्मान गर्ने र स्पेस दिने उसको बानी एकदमै मनपर्थ्यो,’ प्रतिभाले सोमपालको तारिफ गरिन्, ‘उनको अरू केटी साथी छैनन् भन्ने पक्का थियो। त्यसैले ऊप्रति मेरो भावना थियो। ऊ मेरो लागि नै हो भन्ने थियो।’ मायाको मुना फक्रँदै जाँदा सोमपालले २०१६ मार्चमा प्रतिभासँग प्रेम प्रस्ताव राख्न आँटे।

‘तिमी मेरो लागि साथीभन्दा विशेष छौ। अब हामी सँगसँगै अगाडि बढ्न सक्छौं। तिमीलाई कस्तो लाग्छ?’ सोमपालले शनिबारका दिन प्रतिभालाई भनेका थिए। प्रतिभाले समय मागिन्। सोमपालको छट्पटी बढ्दो थियो। प्रतिभा पहिलेभन्दा निकै कम कुरा गर्न थालिन्।

‘उनको व्यवहार फरक हुँदा कस्तो-कस्तो लागेको थियो। कतै मैले गल्ती गरेँ कि भन्ने पनि लाग्यो,’ सोमपालले त्यो बेलाको उकुसमुकुस सुनाए। दुई साता बित्यो। प्रतिभाले सोमपालको मायाको सन्देश पाइन्। सँगै हिँड्ने प्रस्ताव स्वीकारिन्।

‘माया र जीवनको कुरा थियो। त्यही भएर मैले त्यो समय निकै सोचेँ। अन्तिममा जे हुन्छ-हुन्छ भनेर स्वीकारेँ,’ उनले भनिन्। सम्बन्धले नयाँ मोड लिएपछि सोमपालले प्रतिभालाई आफ्ना आमाबुबासँग भेटाउन भारतको पञ्जाब लगे।

‘मेरो बुबालाई प्रतिभाको बानी मनपरेको रहेछ। ममीलाई भन्नुभएको पनि रहेछ,’ सोमपाल भन्छन्, ‘ममीले हाम्रो सम्बन्ध कस्तो हो भनेर सोध्नुभएको थियो।’ सोमपालले ‘साथी मात्र हौं’ भन्दै टारिदिए।

साथीबाट प्रेमी-प्रेमिका भइसके पनि ‘रोमान्टिक डेट’ गर्ने अवसर नपाएको उनीहरू बताउँछन्। काठमाडौं हुँदा साँझ केही समय भेट हुन्थ्यो। अरू बेला सोमपाल खेलमै व्यस्त।

प्रतिभा त्रिवि मैदानमा हुने सोमपालका खेल हेर्न धाउन थालिन्। आफू हेर्न गएका खेलमा नेपाल पराजित हुँदा दिक्क लाग्ने उनी बताउँछिन्। त्यसैले मैदानमा जान छाडेर खेल अंक मात्र हेर्न थालिन्।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger