|
|
उनको तौल १९३ किलो रहेको थियो । आर्याको नयाँ रुपले सबैलाई चकित बताएको छ । उनको सामाजिक सञ्जालमा भाइरल भएका तस्बिरले पनि उनको कडा परिश्रम झल्काएको छ ।
डेली मेलमा प्रकाशित एक रिपोर्टका अनुसार आर्या परमानाको तस्बिर र भिडियो अदे राय नामका एक प्रयोगकर्ताले पोस्ट गरेपछि त्यसको चर्चा सुरु भएको छ । भिडियोमा आर्याको अहिलेसम्मको यात्रा देखाइएको छ । जुन यात्राको धेरैले आश्चर्य ब्यक्त गरेका छन् । उनको यो मेकओभरको पछाडि भ्यारिएट्रिक सर्जरी, डाइट प्लान र दैनिक कसरत भएको उनको पिताले बताए ।
आर्याको एउटा सर्जरी भइसकेको छ । तर उनको शरीरमा अझै पनि झोलिएका छालाहरु बाँकी छन् । ती छाला हटाउनको लागि कमसेकम २ पटक सर्जरी गर्नुपर्ने डाक्टरहरुले बताएका छन् ।
आर्याले २०१६ बाट तौल घटाउन सुरु गरेका थिए । ट्रेनर अदेका अनुसार सुरुमा उनले आर्याको दिनचर्याको बारेमा सोधपुछ गरे र सन्तुलित आहाराबाट उनको तौल घटाउन प्रयास गरेका थिए ।
हेर्नुहोस् यो भिडियो-
|
|
Post a Comment