|
|
साउन १८, काठमाडौं ।
संसारभर विवाहका अनेक प्रकारका चलन र परम्पराहरु छन् । कहिँ बिहे अघाडी नै सुत्नुपर्ने, कहिँ एकै श्रीमतिको धेरै श्रीमान, यस्तै अनेक अनेक । यस्तै परम्परा मध्ये दक्षिण कोरियामा एक अनौठो चलन रहेको छ । जहाँ बिहेअघि बेहुलाहरुलाई उभिन्डो पारेर नांगो पाइतालामा लठ्ठीले हिर्काइन्छ । यो परम्परा अनुसार बिहेको केही दिन अघि हुनेवाला बेहुलाका साथीहरुले हुनेवाला बेहुलालाई पुरै उभिन्डो पारेर उसको खुट्टा एउटा काठमा बाँधिदिएका हुन्छन् ।
अनि त्यहाँ उपस्थित सबैले एक एक गरी हुनेवाला बेहुलाको नाङ्गो पाइतालामा जोडसँग लठ्ठीले हिर्काउँछन् । लठ्ठीले मात्र होइन विशेष प्रजातिको माछाले समेत केटाको पाइतालामा जोडसंग हिर्काइन्छ । यसरी पिटाइ खाने पुरुष बिहेपछि मर्द र मजबुत बन्ने विश्वास गरिन्छ । यसरी हुनेवाला बेहुलोलाई नांगो पाइतालामा कुट्नुको एकमात्र उद्धेश्य बेहुलामा बिहेको पहिलो रातमा आफ्नो मर्दपना देखाउन सकोस् भनेर रहेछ ।
|
|
Post a Comment