Headlines News :
Home » » eGlobe News: एपेन्डिक्स वा टन्सिल हटाइएका महिलामा बढी प्रजनन क्षमता (नयाँ खोज):

eGlobe News: एपेन्डिक्स वा टन्सिल हटाइएका महिलामा बढी प्रजनन क्षमता (नयाँ खोज):

Written By news on Wednesday, 3 August 2016 | 00:47


बीबीसी/साउन १८, काठमाडौं ।
 एपेन्डिक्स वा टन्सिल हटाइएका महिला बढी उर्बर हुने गरेको एक अध्ययनले दखाएको छ । डुन्डे विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले १५ लाख महिलामाझ गरेको अध्ययनका आधारमा सो निस्कर्ष निकालेका हुन् । शल्यक्रियापछि उर्वरतामा प्रत्यक्ष प्रभाव परेको उनीहरुले बताए । १५ वर्ष लामो सो अनुसन्धानले बाझोपनको उपचारमा अरु थप सहयोग गर्ने विश्वास अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन्



तर, अनवाश्यक रुपमा टन्सिल र एपिन्डिक्स नहटाउन पनि उनीहरुले आग्रह गरेका छन् । अध्ययन अनुसार १३४ गर्भवती महिलाको एपिन्डिक्स हटाइएको थियो भने १४९ जनाको टन्सिल फालिएको थियो । त्यस्तै १४३ गर्भवतीको दुबै अंग काटिएको थियो । यसअघि एपिन्डक्स हटाउदा उर्वरता हट्छ भनि चिकित्सकहरुलाई गलत प्रशिक्षण दिइएको अनुसन्धान टोलीका एक सदस्य डा सामी शिमीले गुनासो गरे ।

एपिन्डक्स र टन्सिललाई सँगसँगै हेर्दा यस अध्ययनले निसन्देह यो पुष्टि गर्छ की समस्याग्रस्त अंग हटाउँदा महिलाहरुमा गर्भधारणको सम्भावना बलियो हुन्छ,’ उनले भने । फर्टिलिटी एन्ड स्टेरिलिटीमा सो अध्ययन प्रकाशित छ । नियमित रुपमा संक्रमित टन्सिल वा एपिन्डिक्सले शरिरमा एक प्रकारको उत्तेजना ल्याउछ जसले ओभरी र कोखमा प्रभाव पार्ने जैविक सम्भावना देखिन्छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger