Headlines News :
Home » » जब श्रीमान विदेश रहेका युवतीले सेना र प्रहरीका जवानसँग पालैपालो रोमान्स गरिन

जब श्रीमान विदेश रहेका युवतीले सेना र प्रहरीका जवानसँग पालैपालो रोमान्स गरिन

Written By news on Friday, 12 August 2016 | 00:16


काठमाडौं, २८ साउन ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको सरकारी निवासको उत्तर भागमा बर्दीमा रहेका प्रहरी जवान र बिनाबर्दीका एक युवकबीच भनाभन चल्दै थियो । बिनाबर्दीका युवकलाई उकेरा लाउँदै थिइन् एक युवती । एकैछिनमा दुई पक्षबीचको विवाद चर्काचर्की हुँदै हात हालहालमा परिणत भयो । बर्दीधारीमाथि बिनाबर्दीका युवकले हेल्मेट प्रहार गरे । हत्तपत्त प्रहरी प्रधान कार्यालयको सुरक्षामा खटिएका प्रहरी दौड्दै गए र पोसाकधारी प्रहरीको बचाउ गरे । प्रहार गर्ने युवतीलाई नियन्त्रणमा लिए । साढे तीन बजेको घटना हो यो । नक्सालस्थित नेपाल प्रहरीको मुख्यालयको मूल गेटनजिक महानगरीय प्रहरीअन्तर्गतको क्विक रेसपोन्स भ्यान (सिआरभी) को सेतो जिप रोकिएको छ । एक हुल प्रहरी यताउता गरिरहेका छन् ।
‘यो…ले बर्दीको प्रहरी कुट्ने यसलाई भित्र हाल,’ प्रहरीकै भीडमा सादा पोसाकधारीले परम्परागत ‘जिब्रोको गरिमा’ प्रकट गरिहाले ।

कालो टिसर्ट र ट्राउजर लगाएका, हातमा हेल्मेछ बोकेका र कपाल मसिनो काटेका ती हट्टाकटट्टा युवकलाई दुई प्रहरीले समातेका थिए । उनलाई पछ्याउँदै थिइन् युवती । प्रहरीको विशेष कार्यदलको पोसा लगाएका कुटिने प्रहरी पनि सिआरभीमै बसाइए । १५ मिनेटजति प्रहरीका विभिन्न युनिटमा जानकारी दिने काम भयो । प्रहरी प्रधान कार्यलयमा आएका पाहुना त्यसै रनभुल्लमा परे । धेरै प्रहरी मुख्यालयमा रहेको त्यो रमिता हेरेर मनोरञ्जन लिइरहेको थिए ।

प्रहरीको कुल ७२ हजार ७ सय १९ जना जनशक्तिको परिचालन गर्ने केन्द्र प्रहरी प्रधान कार्यालयको मुख्य प्रवेशद्वारमा बिहीबार दिउँसोको यो घटनामा प्रहरीले घेरेर भ्यानमा बसाएका युवक नेपाली सेनाको छाउनी ब्यारेकमा तालिम लिइरहेका दोलखाका सैनिक हवल्दार जनकबहादुर तामाङ रहेछन् । कुटाइ खाने जवान भने प्रहरी महानिरीक्षक निवासको सुरक्षामा खटिएका जगन्नाथ साहू रहेछन् । विवादको मुख्य पात्र ती युवती रहिछन् जो केहीबेरअघिसम्म सैनिक जवानलाई उत्तेजित बनाउँदै थिइन् ।

महानगरीय प्रहरी वृत्त कमलपोखरीको रिआरभीले तीनै जनालाई नियन्त्रणमा लिएर कार्यालयमा लगेको थियो । वृत्तका अनुसार सबैलाई सम्बन्धित निकायको जिम्मेवारीमा बिहीबार नै छाडिएको छ । प्रहरी र सेना दुवैले घटनालाई लेनदेनको विषय बनाए भने पनि घटना युवतीका विषयलाइ लिएर भएको खुलेको छ । प्रहरी स्रोतअनुसार तामाङ र साहू दुवैसँग निकट सम्बन्ध बनाएकी तिनै युवतीबारे बिहीबार दुई सुरक्षा निकायका जवान एकआपसमा भिडेका थिए । स्रोतका अनुसार पति विदेशमा रहेकी ती युवतीले सेनाका तामाङ र प्रहरीका साहू दुवैसँग प्रेमको नाटक गरेकी थिइन् । उनले दुवैसँग नियमित मोबाइलमा कुरा गर्दै आएकी थिइन् । युवतीले दुवैसँग आर्थिक कारोबारसमेत गरेको अनुसन्धान स्रोतले बतायो । मुख्यालय परिसरमा ती युवतीले तामाङलाई आफ्ना पति भनेर परिचय दिएकी थिइन् । अनुसन्धानमा युवतीका पति विदेशमा रहेको खुल्यो

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger