एजेन्सी –बलिउड तथा दक्षिण भारतिय फिल्मकी नायिका श्रृति हसनको आफ्नो बाबुकी प्रेमिकासँग झगडा परेको छ। श्रुति र उनका बाबु कमल हसनकी प्रेमिका गौतमी ताडिमलाको सुटिङ्का दौरान ठूलै विवाद परेर झगडा भएपछि ुशाबाश नायडुु फिल्मको सुटिङ् नै रद्द गर्नुपरेको थियो। गौतमी उक्त फिल्ममा कस्टुम डिजाइनरका रूपमा काम गरिरहेकी छन्। श्रुतिलाई सुटिङमा गौतमीको डिजाइनका लुगा लगाउन भनिएपछि उनले नमानेपछि झगडा हुन पुगेको हो। यसरी झगडा परेपछि उक्त दिनको पूरा दिनको सुटिङ् नै हुन् नसकेको बताइन्छ। फिल्मलाई निर्माण एवम् निर्देशन हसनले नै गरिरहेका छन्। छोरी र प्रेमिकाकाबिच परेको झगडालाई हसनले भने नजरअन्दाज गरेका छन्। झगडाका बखत उनी सुटिङको सेटमा थिएनन्। छोरी र प्रेमिकाबिच कसको पक्ष लिने दोधारका कारण सो झगडाका बारेमा जानकार हुँदाहुँदै पनि उनले मौनता कायम गरेको बताइन्छ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment