|
|
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै माइतीघर मण्डलामा खुसीयालीसहित दीप प्रज्वलन गरिएको थियो ।
खुसीयालीसहित गरिएको दीप प्रज्वलन कार्यक्रमको नेतृत्व केन्द्रका पोलिटव्युरो सदस्य हिमाल शर्माले गरेका थिए । करिब ५० जनाको हाराहारीमा केन्द्रका कार्यकर्ताले मैनबत्ती बालेर विजय उत्सव मनाइरहेका बेला एकजना अर्धनग्न युवा प्रचण्ड देशद्रोही हुन् भन्दै नारा लगाउन थालेको थिए । माओवादीको वाहीवाही र जिन्दाबाद नारा लागिरहेको बेला शरीरमा प्रचण्ड देशद्रोही हुन्, विकासविरोधी हुन् भन्ने नारा लेखेर ती युवा चिच्याउन थालेपछि उनी माओवादी केन्द्रका कार्यकर्ताको निशानामा परे ।
|
|
Post a Comment