Headlines News :
Home » » ‘म सपनाको मलामी होइन, मूर्छित सपनालाई बिउँझाउने मान्छे हुँ ‘: ओली

‘म सपनाको मलामी होइन, मूर्छित सपनालाई बिउँझाउने मान्छे हुँ ‘: ओली

Written By news on Wednesday, 3 August 2016 | 22:18



प्रकाशित मिति: बिहिबार, साउन २०, २०७३
काठमाडौं: निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मरेको सपनाको मलामी नभएर, मूर्छित सपनालाई बिउँझाउने मान्छे भएको बताएका छन् । उनले भने, ‘म सपनाको मलामी होइन, मूर्छित सपनालाई बिउँझाउने मान्छे हुँ ।’

व्यवस्थापिका संसद्ले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विजयी भएलगत्तै बालकोट निवास पुगेका ओलीले भने, ‘वर्षौंवर्ष नेपालमा मूर्छित भएको सपना मैले बिउँझाएको हो । मैले बिउँझाएको यो सपना २५ वर्षसम्म नेपालीले सम्झिरहनेछन् ।’

उनले भने, ‘जुन दिन म प्रधानमन्त्रीको कुर्सीमा बसें त्यो दिन भारतसँग बोलचालसम्म बन्द थियो, अहिले कूटनीतिक प्रयासबाट समान्य भएको छ ।’ भारतवेष्टितजस्तो रहेको नेपाललाई आफ्नो कार्यकालमा यो अवस्था अन्त्य गरी चीनसँगको सम्बन्धसमेत सुधार गर्न सफल रहेको दाबी ओलीले गरे ।

‘एउटा देशमा मात्र भर पर्ने प्रथाको अन्त्य गर्‌यौं, यसले एउटा देशसँग आत्मनिर्भरता अन्त्य गरेको छ । यो ऐतिहासिक उपलब्धिलाई आउने सरकारले कायम राख्नुपर्छ’, ओलीले भने ।

लोकतन्त्रको विशिष्ट गुण सत्ता परिवर्तनको खेल र राजनीतिक हिसाबको गहना पनि रहेको बताउँदै उनले भने, ‘तर औचित्यका हिसाबले अहिले सरकार ढाल्नु एमालेलाई सत्ताबाट बहिर्गमन गराउनु कत्तिको ठिक, बेठिक भन्ने कुरा आगामी दिनमा जनताले मूल्यांकन गर्नेछन् ।’

‘प्रचण्डको उद्देश्य लडाकु संरक्षणमात्र’

राष्ट्रिय स्वाधीनता र आर्थिक समृद्धिको कार्यक्रम अघि बढाएकाले आफ्नो सरकारलाई ठूलो डिजाइनका साथ अन्त्य गरेको आरोप लगाउँदै ओलीले भने, ‘रेललगायतका ठूला आयोजना सञ्चालनका लागि आवश्यक स्रोत देखाउन तयार छु । त्यसका लागि दाहालले मलाई सोध्न आए हुन्छ ।’

यसअघि दाहालले संसद्मा प्रधानमन्त्रीमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै रेललगायतका ठूला विकासका लागि आवश्यक स्रोत कहाँबाट ल्याउने भन्ने प्रश्न गरेका थिए ।

ओलीले भने, ‘माओवादीले मुलुकको आर्थिक विकासको कुरा कहिल्यै गरेन । यता गर्‌यो उता गर्‌यो लडाकुलाई पैसा माग्ने, लडाकुको संरक्षण र संवद्र्धनमात्र हो ।’

तामाकोसी जलविद्युत् आयोजनामा सहिद परिवारका नाममा कार्यकर्तालाई साढे आठ करोड माग्न आउँदा आफूले नदिएको खुलासा गर्दै माओवादीसँगको सत्ता जुहारी पनि सोही विषयबाट प्रारम्भ भएको दाबी ओलीको छ ।

संसद्बाट निवास बालकोटतर्फ जाने क्रममा ओलीलाई बानेश्वर चोकमा राष्ट्रिय झन्डासहित करिब १५० वटा मोटरसाइकल अघिपछि लागेका थिए ।

मीनभवनदेखि अनेरास्ववियुका ऐन महरको नेतृत्वमा केही युवा, विद्यार्थीले राष्ट्रिय गानसहित ‘राजनेता, राष्ट्रवादी नेता—ओली जिन्दाबाद’ लगायतका नारा लगाएका थिए ।

ओलीलाई निवासमा संसदीय दलका उपनेता सुवास नेम्बाङ, अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकाललगायतले स्वागत गरेका थिए । ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट संसदभवनतर्फ लाग्नुअघि पीपलमा पानी हालेका थिए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger