Headlines News :
Home » » राति-राति ओछ्यानमा के-के गर्छिन् अभिनेत्री रेखा थापा ? त्यसपछि सुरु हुन्छ ...

राति-राति ओछ्यानमा के-के गर्छिन् अभिनेत्री रेखा थापा ? त्यसपछि सुरु हुन्छ ...

Written By news on Wednesday, 3 August 2016 | 22:10


अभिनेत्री रेखा थापा अचेल बिहान पाँच बजे उठिसक्छिन् । साढे चार बजे आँखा खुल्ने भए पनि आधा घन्टा भने उनी गहिरो सोचमा डुब्ने गर्छिन् रे । ‘आज कहाँकहाँ केके काम गर्ने भन्नेबारे योजना बनाउँछु,’ उनी भन्छिन्, ‘योजना माइन्डमा सेट गरेपछि मात्रै ओछ्यान छोड्छु ।’ फ्रेस भएपछि उनी एक ठूलो ग्लास मनतातो पानी पिउँदिरहिछिन् ।

त्यसपछि सुरु हुन्छ उनको यात्रा । यात्रा, तर कहाँको रु मर्निङवाक रु ‘होइन, म जिम गर्न जान्छु,’ उनी भन्छिन्, ‘गौशालाको इन्द्रेणी फिटनेस सेन्टरमा जिम गर्न जान्छु ।’ खासमा रेखाले रामप्यारी फिल्मका लागि बिहानै उठेर जिम जाने गरेको बताइन् । ‘रामप्यारीको क्यारेक्टरअनुसार फिट हुन मैले जिम सुरु गरेकी हुँ,’ उनले खुलाइन्, ‘रामप्यारीका लागि मेरो डेली रुटिन बदलिएको छ । नत्र म त्यति सबेरै उठ्ने गर्दिनँ ।’ पाँच बजे उठ्ने बानी रामप्यारीका लागि मात्र भएको बताउने रेखा अरू वेलामा भने सात बजे मात्रै उठ्ने गर्छिन् । ‘अरू वेलामा यो रुटिन लागू हुन्न,’ उनले भनिन्, ‘अहिले खानपिन, एक्सरसाइज, निद्रा सबैमा सन्तुलन मिलाएकी छु ।’

भूकम्पअघि उनले घरमै योगा टिचर राखेर योगा सिक्ने, गर्ने गरेकी रहिछिन् । तर, भूकम्पपछि भने उनी करिब दुई महिना अमेरिका बसिन् । गत सोमबार मात्रै स्वदेश फर्किएकी उनी अचेल भने जिम सकेर आएपछि मात्रै आफैँ एक घन्टा योगा गर्ने गर्छिन् । ‘पहिला गुरुले सिकाएअनुसार आफैँ योगा गर्ने गरेकी छु,’ उनले भनिन् । अमेरिकामा रहँदा पनि नियमित रूपमा योगा र जिम गरेको उनले दाबी गरिन् । ‘त्यहाँ पनि मैले योगा र जिम गरेँ । किनभने, मलाई रामप्यारीका लागि अलिकति मोटाइ घटाउनु थियो,’ अमेरिका बसाइका क्रममा आफैँ पाँच किलो तौल घटाएको बताउँदै उनले भनिन्, ‘अहिले म ५७ किलो छु । मलाई मेरो तौलभन्दा पनि मोटोपन अलि कम गर्ने इच्छा छ ।’ उनी दैनिक करिब साढे दुई घन्टा जिम गर्ने गरेको बताउँछिन् । जिमपछि भने प्रोटिनयुक्त खानेकुरा खाने गर्छिन् ।

सधैँ फिट र फुर्तिलो रहन एक्सरसाइज गर्ने गरेको बताउने रेखा आफ्नो अनुहारको चमकलाई भने ‘गड गिफ्टेड’ भन्छिन् । ‘यो सारा सृष्टि नै सुन्दर छ,’ दार्शनिक पारा ल्याइन् उनले, ‘यहाँका हरेक वस्तु, जीव सुन्दर छन् । सबैको आ–आफ्नै विशेषतायुक्त सुन्दरता छ । तर, यो सब हेर्ने नजरमा भर पर्छ ।’ आफूचाहिँ सानैदेखि सुन्दर भएको दाबी गर्दै उनले भनिन्, ‘बच्चामा उस्तै टाइपको, किशोर अवस्थामा आफ्नै टाइपको र अहिले मेरो आफ्नै पाराको सुन्दरता कायम छ भन्ने लाग्छ ।’ रेखा आफू तनभन्दा मनको सुन्दरताको पक्षमा रहेको बताउँछिन् । ‘तनभन्दा मन सुन्दर हुनुपर्छ । जसको मन सुन्दर छैन, ऊ सधैँ दुस्खी र असन्तुष्ट हुन्छ । त्यो कुरा उसको अनुहारमा देखिन्छ । त्यसैले तनभन्दा मनको सुन्दरता निखार्नमा ध्यान दिनुपर्छ ।’

कसरी निखारिँदोरहेछ त मनको सुन्दरता रु ‘सकारात्मक सोच, कर्म र सर्कल,’ एक सासमा उनले भनिन्, ‘सधैँ सकारात्मक सोच्ने, सत्कर्म गर्ने र सकारात्मक सोचधारीको सर्कलमा रहने गर्नाले मनको सुन्दरता अटोम्याटिक रूपमा निखारिँदै जान्छ । ’ आफू तनको मात्र होइन, मनको पनि उत्तिकै सुन्दर रहेको दाबी उनको छ । ‘म कसैको निन्दा गर्दिनँ, कसैलाई दुर्वचन लगाउँदिनँ, असहाय, अशक्तको सेवामा गर्छु । अन्याय सहँदिनँ, अन्याय हुन पनि दिन्नँ,’ उनी भन्दै जान्छिन्, ‘म सधैँ सत्यको मार्गमा छु । सधैँ सत्कर्म गर्छु । त्यसैले म सधैँ खुसी र सुखी छु ।’ कस्मेटिक प्रोडक्टप्रति उनको लगाव छैन रे । त्यसैले प्रायस् उनी मेकअपविनै हिँड्ने गर्छिन् । ‘म नेचुरल ब्युटीमा विश्वास गर्छु । सौन्दर्य प्रसाधन प्रयोग गरेर सुन्दरी भइन्छ भन्ने मलाई लाग्दैन ।
फिल्मबाहेक बाहिर म प्रायस् विनामेकअपमै हिँड्ने गरेकी छु ।’ गाजल भने उनलाई मन पर्दोरहेछ । त्यसैले प्रायस् गाजल लगाउने गरेको उनले बताइन् ।

राति भने उनी नौ बजे सुतिसक्दिरहिछिन् । ‘बिहान छिट्टै उठ्नुपर्ने भएकाले राति भने म नौ बजे नै सुतिसक्छु,’ उनले भनिन्, ‘निद्रा पर्याप्त भएन भने शरीरमा फुर्ती आउँदैन । अनेक रोग लाग्न सक्छ । त्यसकारण समयमै सुत्ने र बिहानै उठ्ने गर्नुपर्छ ।’ टिभी हेर्न उनलाई उत्ति साह्रो मन लाग्दोरहेनछ । किताब भने निकै पढ्ने गरेकी छिन् । फिल्मचाहिँ मायाप्रेमजन्य निर्माण, अभिनय गर्ने गरेको भए पनि जीवनोपयोगी, क्रान्तिकारी तथा दर्शनका किताबमा आफ्नो विशेष लगाव रहेको उनी बताउँछिन्। अनुहार चम्किन्छ भनेर सकिनसकी पानी पिउने बानी छैन रे उनको । ‘अनुहारको चमकका लागि कतिपयले पेटमै नअटाउने गरी पानी पिउने गरेको देखेकी छु । तर, शरीरले मागेको भन्दा बढी पानी पिउनु हानिकारक हुन्छ, यो कुरामा म सजग छु ।’ उनी दिनमा बढीमा दुई लिटरसम्म पानी पिउने गर्दिरहिछिन् । ‘तिर्खा लागे मात्र पानी पिउँछु, नलागे त किन पिउनु रु’ उनी भन्छिन् । नयाँ पत्रिकामा खबर छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger