Headlines News :
Home » » यसरि बस्थे युद्धकालमा प्रचण्ड । तर अहिले विदेशको बैंकमा३ अर्ब राखेको नेपालमा कति होलान् ..त ..?

यसरि बस्थे युद्धकालमा प्रचण्ड । तर अहिले विदेशको बैंकमा३ अर्ब राखेको नेपालमा कति होलान् ..त ..?

Written By news on Wednesday, 3 August 2016 | 22:05


युद्ध चर्कँदै थियो। सरकारी र बिद्रोही सेना आमने–सामने लड्दै थिए । शहर बजार साँझ पर्दा नपर्दै मध्यरातजस्तो सुनसान भइसक्थे । एक ठाउँबाट अर्को ठाउँ जान पनि त्राहीत्राही हुन्थ्यो । युद्धमा दैनिकजसो केहीको ज्यान गइरहेको हुन्थ्यो । राजाले अप्रत्यक्षरुपमा सत्ता हातमा लिइसकेका थिए । त्यसपछि अझ सरकारी सेना सक्रियताका साथ अघि बढ्दै थियो ।
बिद्रोही सेना पनि एकपछि अर्को फर्मेशन बढाउँदै सरकारमाथि दबाब सिर्जना गर्दै थियो । कुनै दिन कतै ब्यारेक त कुनै दिन कतै जिल्लामा आक्रमण बोल्दै थियो बिद्रोही । युद्ध अझ भयानक हुँदै थियो । गाउँहरु जति बिद्रोहीको नियन्त्रणमा थिए, शहर सदरमुकाम जति सरकारी फौजको । यो भयानक अवस्थामा बिद्रोहीका मुख्य कमाण्डर कहाँ बस्छन् होला ? कस्ता होलान् ती ? कस्तो घरमा बस्छन् होला उनी ? कस्तो छ होला उनको खानपान अनि सुरक्षा व्यवस्था ?


राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय क्षेत्रले समेत निकै उत्सुकतापूर्वक सोधिरहेका यी प्रश्न यो गाउँका लागि भने नयाँ थिएनन् । कहिलेकाही राजा ज्ञानेन्द्र नै बिद्रोही कमाण्डर हुन् भन्ने तथ्यहीन तर्कहरु छरपष्ट भइरहँदा यहाँका जनता पेट मिचिमिची हाँस्थे रे ! प्रचण्ड भन्ने मान्छे नै छैनन् भन्ने कतिपयले चर्चा गरिरहँदा उनी सेतो घोडामा ओहोरदोहोर गरेको यहाँका जनताले आँखै अगाडि देख्थे रे ! कतिले देखेको नदेख्यै गर्थे रे ! कतिले ‘हाम्लाई मराउन यिनलाई यहाँ राख्या त होलान्’ भनेर रिस पनि उठाउँथे रे ! दिउँसो बाहिर बसेर घाम ताप्ने अनि छिमेकीसँग भलाकुसारी पनि गर्ने । गाउँलेले खाने रोटी ढिडो खाने । सामान्य देखिने ती व्यक्ति त्यति ठूलो युद्धका कमाण्डर हुन् भन्ने पत्ता लगाउन पनि धेरैलाई मुश्किल ।


दाङको घोराहीबाट रोल्पा हुँदै रुकुमसम्म जाने मुख्य बाटो छाडेर चप्काखोलाको पुलबाट दायाँतिरको गाउँमा लागेपछि झण्डै डेढ घण्टाको पैदल यात्रापछि पुग्न सकिने राङ्सी गाविसको डाँडागाउँमा अहिलेजस्तो सडक पुगेको थिएन उतिबेला । लामो डाँडाको बस्ती । केही तल झर्नेबित्तिकै एकान्तमा एउटा घर । त्यही नै रहेछ, दश बर्षे जनयुद्धका कमाण्डर प्रचण्डको ‘हेडक्वाटर’ ।


युद्ध चर्किदै गएपछि ‘हेडक्वाटर’ सुरक्षित गर्ने सबैभन्दा ठूलो चुनौती आयो माओवादीलाई । लामो समयसम्म भारतका विभिन्न ठाउँमा रहेको ‘हेडक्वाटर’ त्यहाँ पनि सुरक्षित रहन सकेन । ठाउँ–ठाउँमा नेताहरु पक्राउ पर्न थाले । सिपी गजुरेलदेखि मोहन वैद्यसम्मको गिरफ्तारीले निकै असुरक्षित बन्दै गयो ‘हेडक्वाटर’ । लडाइँमा भारतीय शासकहरु मुख्य अवरोधको रुपमा आउन लागेको महसुस भएपछि अब यसरी हुँदैन भन्ने माओवादी नेतृत्वलाई लाग्न थाल्यो ।


‘भारतमा नेताहरुको गिरफ्तारीपछि हामीलाई ‘हेडक्वार्टर’ देशभित्रै ल्याएर सुरक्षा दिनुपर्छ भन्ने लाग्यो’– रोल्पा राङ्सीमै घर भएका तत्कालीन सैन्य कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ सम्झन्छन्– ‘त्यतिबेलासम्म हामीले पर्याप्त सैन्य शक्ति र संरचना पनि बनाइसकेका थियौं । सेना प्रमुखको हिसाबले ‘हेडक्वाटर’ जोगाउने जिम्मा पनि मेरै काँधमा आयो, त्यसका लागि सबैभन्दा सुरक्षित स्थल मेरै गाउँ हुन्छ भन्ने मलाई लाग्यो र मेरो घरभन्दा केही माथि रहेको डाँडागाउँस्थित एक घरलाई छनौट गरियो ।’ यो गाउँ महिला नेतृ जयपुरी घर्तीको गाउँ हो ।


युद्धकालमा कुशल कमाण्डरको मिथक बनेका पासाङले युद्ध शुरु हुनुअघि नै आफ्नो घरमा लामो बंकर बनाएर सुरक्षित हुने अभ्यास थालिसकेका रहेछन् । २०५१ असोजमा जतिबेला आफू मादल बादक र बुवा अगुवा भएर स्थानीय चप्काखोलाको मेलामा पैसेरु नाच्दै थिए, त्यतिबेला नजिकै रहेको ओभाङ चौकीबाट आएको प्रहरीले पासाङलाई लक्षित गरेर गोली चलाउँदा स्थानीय दुईजनाको ज्यान गयो र पासाङको हातमा गोली लाग्यो । यो घटनापछि आफूलाई असुरक्षित ठानेर पासाङले एक घरबाट अर्को घरसम्म निस्कने लामो सुरुङ नै बनाएका रहेछन् ।


पासाङले ‘हेडक्वाटर’ राख्न यही गाउँ रोज्नुको मुख्य आधार भने यहाँका जनताप्रतिको विश्वास रहेछ । अहिले पनि पासाङको एउटा मात्र अनुरोधमा जुरुक्कै उठ्ने यो गाउँ मगर बाहुल्य बस्ती हो । ‘मगरहरु बढी नै सोझा र इमानदार हुन्छन्, आफू मर्न तयार हुन्छन् तर अरुलाई बचाउँछन्’– झण्डै ११ वर्षपछि पुरानो ‘हेडक्वाटर’मा पुगेका पूर्वबिद्रोही कमाण्डर प्रचण्डले निकै भावुक भएर भने– ‘म यिनै रोल्पाली सोझा मगरहरुको सहारामा यहाँ बसेर देशभरिको युद्ध सञ्चालन गरेको हुँ, देशमा गणतन्त्र ल्याउन नेतृत्व गरेको बस्ती यही हो ।’ आफू सधैं अप्ठ्यारोमा पर्दा रोल्पा आएर सास फेर्ने गरेको बताउने प्रचण्डले उहिल्यै चालीसको दशकमा मसाल विभाजन हुँदा र जनयुद्धको तयारीका क्रममा आफूले रोल्पा आएर नयाँ योजना बनाएको रहस्य खोल्दै थपे– ‘त्यसपछि युद्ध उत्कर्षमा पुग्दै गर्दा रोल्पा आएर यहीं ‘हेडक्वाटर’ राखियो, शान्ति प्रक्रियाको प्रारम्भ पनि रोल्पाबाटै भयो ।’ यसपटक पनि संविधान निर्माण प्रक्रियामा निकै सकस भएपछि ऊर्जा लिन युद्धकालीन ‘हेडक्वाटर’मा आएको उनको स्पष्टोक्ति थियो ।


पूर्वबिद्रोहीको युद्धकालीन ‘हेडक्वाटर’ अहिले सुनसान छ । सुनसान मात्र होइन घाइते अवस्थामा छ । गोलीले क्षतविक्षत भएको छ युद्धकालीन ‘हेडक्वाटर’ । भएछ के भने लगातार दश महिनासम्म प्रचण्डको ‘हेडक्वाटर’ यही घरमा रहँदा सरकारी सेनाले पत्तो पाएछ । चारैतिर बिद्रोही सेनाको घेरामा रहेको यो ‘हेडक्वाटर’मा हमला गर्न पैदल आउने सम्भावना नरहेकाले सुरक्षाका हिसाबले ढुक्क रहने स्थिति थियो । तर, एक दिन बिशेष सूत्रबाट यो ‘हेडक्वाटर’बारे सरकारी सेनाले जानकारी पाइसकेको र जे पनि हुनसक्ने चेतावनीसहितको सूचना आएछ । ‘सूचना पाएलगत्तै राङ्सीबाट अर्को गाउँ राङकोटको गोरीगाउँमा ‘हेडक्वाटर’ सारियो’– बिद्रोही सैन्य प्रमुख पासाङ सम्झन्छन्– ‘नभन्दै ‘हेडक्वाटर’ सारेको दुई दिनपछि सरकारी सेनाले हवाइ हमला ग¥यो र हेलिकोप्टरबाट यही घरलाई निशाना बनाएर चारैतिरबाट गोली बर्साइयो ।’ त्यतिबेला गोलीले प्वाल पारेको यो घरको मर्मत सम्भार गरिएको छैन ।



आफ्नो ‘हेडक्वाटर’ बसेको घाइते घर हेर्न एघार वर्षपछि पुगेका प्रचण्डले यसलाई जस्ताको तस्तै राखेर युद्ध संग्रहालय बनाउने घोषणा गरेका छन् । उनको घोषणाले साकार रुप लिने हो भने युद्ध पर्यटनको क्षेत्रमा पनि नयाँ आयाम हुनसक्छ । उनले यसपटक रोल्पा यात्रामा जुन स्थलहरुको छनौट गरे, ती सबै हिसाबले ऐतिहासिक छन् । जुन स्थलहरु नेपाली राजनीतिक इतिहासमा चर्चित छन् । उनले प्रयोग गरेको बाटो ‘शहीद मार्ग’ युद्धकालमै निर्माण शुरु गरिएको हो । यो बाटो खन्ने क्रममा लाखौं जनताको पसिना मात्र होइन तीन जनाले रगत पनि बगाएको स्थानीय कार्यकर्ताले प्रचण्डलाई बाटोमा सम्झाउँदै थिए । बाटो खन्ने क्रममा माथिबाट ढुंगा आएर यो सडकमा दुई महिला र एक पुरुषको ज्यान गएको रहेछ ।


प्रचण्ड रोल्पा पसेसँगै पहिलो मुकाम बनाए होलेरीलाई, जहाँबाट २०५२ फागुन १ गते प्रहरी चौकीमा आक्रमण गरी युद्ध थालिएको थियो । जहाँ उनले एक रात बिताए ।


‘बंकर यात्रा’ को नामले चर्चा पाएको यसपटकको रोल्पा यात्रामा प्रचण्डको दोस्रो मुकाम थियो घर्तीगाउँको लोसेवाङ, जहाँ उनले बिहानको खाना खाने स्थान छनोट गरेका थिए । शान्ति प्रक्रिया हुँदै राजनीतिक घटनाक्रम यहाँसम्म आउनुमा यो ठाउँको ठूलो भूमिका रहेछ । २०६२ सालमा नेकपा एमालेका नेताद्वय बामदेव गौतम र युवराज ज्ञवालीसँग वार्ता गरी छ बूँदे सहमति भएको ठाउँ रहेछ लोसेवाङ । जुन सहमतिको जगमा लगत्तै भारतमा तत्कालीन सात दल र माओवादीबीच १२ बूँदे समझदारी भयो, त्यसकै आधारमा संयुक्त जनआन्दोलन हुँदै राजनीति यहाँसम्म पुगेको हो । यही कुराको सम्झना गर्न भन्दै रोल्पा पुगेका प्रचण्ड लोसेवाङमा बढी नै गम्भीर भावुक देखिन्थे । उनले मनमनै १२ बूँदेयताको घटनाक्रमको समीक्षा गरिरहेको प्रष्ट बुझ्न सकिन्थ्यो ।


लोसेवाङबाट प्रहरीसँग अन्तिम ठूलो भिडन्त भएको घर्तीगाउँ (जुन ठाउँमा इलाका प्रहरी कार्यालय बिद्रोहीले कब्जा गरेपछि देशभरिका गाउँमा रहेका प्रहरी सदरमुकाम वा नजिकको ठूलो निकायमा सारिएको थियो ।) हुँदै प्रचण्ड राङ्सीको युद्धकालीन ‘हेडक्वाटर’मा पुगे । बिद्रोही सुप्रिमोको रुपमा दश महिना बिताएको ठाउँ पुगेका प्रचण्डले आफू बसेको घर, वरिपरिका टनेल र बंकर अनि डाँडाकाँडा नियाले । धेरैले चर्चा गर्ने गरेको बंकर पनि अब विस्तारै पुरिन थालेका छन् ।


यसपटक उनी बिद्रोही सुप्रिमो होइन मूलधारको वैधानिक पार्टीको प्रमुख, प्रमुख प्रतिपक्षी दलको नेता र पूर्वप्रधानमन्त्रीको हैसियतमा पुगे । सरकारी फौजबाट जोगिन चारैतिरका गाउँमा बिद्रोही सेना राखेर बसेको पुरानो हेडक्वाटरमा उनी यसपटक तीनजना प्रहरी निरीक्षकको नेतृत्वमा तीन गाडी प्रहरीको सुरक्षाका साथ पुगे । उतिबेला ‘यी मान्छेलाई यहाँ किन राखेका होलान्, हामीलाई समेत खतरा हुने भयो’ भनेर त्रसित हुने गाउँलेहरु यसपटक भने प्रचण्डलाई हेर्न तँछाड मछाड गरिरहेका देखिन्थे । गाउँ–गाउँबाट आमा समूहदेखि युवा क्लबसम्मको अगुवाइमा झाँकी जुलुससहित हात–हातमा सयपत्रीका माला बोकेर राङ्सीबासीहरु स्थानीय उमावि पोखरामा ओइरिए । यहाँ गोलाबारी हुँदा त्रसित र आहत भएका राङ्सीबासी यसपटक दंग देखिन्थे किनकि प्रचण्डले आफ्नो युद्धकालीन ‘हेडक्वाटर’ बसेको ठाउँको रहस्य खोलेसँगै, एकाएक राङ्सीको नाम देशभर चर्चामा छ

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger