Headlines News :
Home » » शाहरुख खान फेरी अमेरिकाको प्रहरी हिरासत

शाहरुख खान फेरी अमेरिकाको प्रहरी हिरासत

Written By news on Friday, 12 August 2016 | 00:06


२८ साउन, काठमाडौं ।

 बलिउड अभिनेता शाहरुख खानलाई अमेरिकाको लस एन्जल्स एरपोर्टका सुरक्षाकर्मीले हिरासतमा लिएर छाडेका छन् ।
आफू हिरासतमा रहेको जानकारी दिँदै शाहरुखले ट्वीट गर्दै भनेका छन् ‘म सुरक्षा अवस्थालाइ बुझ्न सक्छु र सुरक्षा जाँचको सम्मान पनि गर्न चाहन्छु । तर, म अमेरिका आउँदा प्रत्येक पटक अध्यागमनको अपमान सहनुपर्छ ।’ हिरासतमा रहेको बेला पोकेमोन गेम खेलेर समय बताएको पनि उल्लेख गरेका छन् । यसपटक अध्यागमनको हिरासतमा रहनु पर्दा साहरुखले अपमान महुशश गरेका छन् । हरेक पल्ट अमेरिका आउादा यस्तो व्यवहार सहनुपरेपछि विश्वकै चर्चित नायकले दिक्क पनि मानेका छन् ।

 साहरुखले ट्विट गरेर यो कुराको जानकारी गराएपछि अहिले यसले भारतीय मिडियामा हंगामा मच्चिएको छ । केही समय अगाडि भारत भ्रमणमा आउँदा अमेरिकी राष्ट्रपति बाराक ओबामाले साहरुख खान भारतका लागि गर्व गर्नुपर्ने व्यक्ति भएको बताएका थिए । साथै उनले साहरुख अभिनित चलचित्र ‘दिलवाले दुल्हनिया ले जायंगे’को गीत संवाद पनि बोलेका थिए । तर, अमेरिका जाादा धेरैजसो साहरुख अध्यागमनको लफडामा पर्ने गरेका छन् । शाहरुखलाइ अमेरिकी अध्यागमन विभागले हिरासतमा लिएको यो नै पहिलो पटक होईन । सन् २०१२ मा उनले न्युयोर्कको हवाई अड्डामा लगभग दुई घण्टा हिरासतमा बस्नु परेको थियो । पछि अमेरिकी विदेशमन्त्रीले यस बिषयमा माफी पनि मागेकी थिइन् । साहरुख यसपटक आफ्ना २ सन्तान आर्यन र सुहानाका साथ अमेरिका पुगेका हुन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger