Headlines News :
Home » » जब सलमानले सकेनन् आफ्नो आँशु रोक्न..

जब सलमानले सकेनन् आफ्नो आँशु रोक्न..

Written By news on Monday, 1 August 2016 | 03:46



बलिउडका सुपरस्टार सलमान खान रिल लाईफमा जतिनै कठोर वा फाईटर रुपमा देखिएपनि रियल लाईफमा भने उतिनै नरम र भावुक पनि छन्।आईतबार राजश्री प्रोडक्शनका सिईओ तथा एम डी रजत बडजात्याको प्रार्थना सभामा सलमानले आफ्नो आँशु रोक्न सकेनन्।क्यान्सरका कारण निधन भएको रजतको शनिबार अन्तिम संस्कार गरिएको थियो । आइतवार प्राथना सभामा सलमान खान, सोनम कपूर विकास भल्ला लगायतका सेलिब्रेटीहरु श्रदान्जली दिन पुगेका थिए ।सलमान त्यहाँ पुगेपछि रजतका दाई सुरजसँग भेटेका थिए । सुरजसँग भेट हुने बित्तिकै सलमान उनलाई अंगालो हालेर रोए । सलमान खान रजत बडजात्याको निकैनै नजीक थिए।सलमानले आफ्नो करियरको शुरुवातमा ‘मेँने प्यार किया’, ‘हम आपके हे कोन’, ‘हम साथ-साथ हे’ जस्ता हिट फिल्महरु राजश्री प्रोडक्शन बाटनै गरेका थिए। सलमान खान बडजात्या परिवारलाई निकैनै मान गर्छन् र उनले सूरज बडजात्याको जुनसुकै फिल्म गर्नका लागि तयार भएको पनि बताइसकेका छन्।साथै उनी आफ्नो सफलतामा सूरज को ठुलो योगदान रहेको बताउँछन्।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger