Headlines News :
Home » » गौरी मल्लको ठगिधन्दा: कलाकार बनायर अमेरिका लैजाने भन्दै ७जना युवासंग लाखौ ठगि गरेको खुलासा

गौरी मल्लको ठगिधन्दा: कलाकार बनायर अमेरिका लैजाने भन्दै ७जना युवासंग लाखौ ठगि गरेको खुलासा

Written By news on Monday, 1 August 2016 | 03:42


अनोज शाक्यले जापानमा बोलाएर यौन दुव्र्यवहार गरेको बताउने गौरी मल्ल यता भने अमेरिका पठाइदिने नाममा विभिन्न व्यक्तिसँग लेनादेनाको झमेलामा परेकी छन् । ०६६ सालमा अमेरिका पठाउने भनी सात जना युवासँग दुई–दुई लाख रूपैयाँ बुझेकी थिइन् । त्यसमध्ये एस काठमाडौंको सम्पर्कमा आएका अर्घाखाँची, ठूलापोखराका ठाकुरप्रसाद पन्तले भने, ‘उहाँ कहिले जापान, कहिले अमेरिका भन्दै हिँड्नुहुन्छ, अब सोझो बाटोले हामीले पैसा नपाउने भयौँ ।’

ठाकुरजस्ता सातजना युवकसँग १४ लाख रूपैयाँ लिएकी रहिछन् । त्यहीँका कृष्ण भुषाल डिभी परेर अमेरिका गएका थिए । जितेन्द्र प्रधान नेपाल–अमेरिका सम्पर्क समाजका अध्यक्ष थिए । उनैमार्फत हो, गौरीसँग पीडितहरूको भेट भएको ।

सीधै भिसा नपाइने भन्दै कलाकार बनाएर लैजाने आश्वासन थियो । ठाकुरलाई पनि कलाकारका रूपमा प्रमाणित गराउन चारपल्ट जिरे खुर्सानीमा खेलाइन् । नाच्न पनि जान्नुपर्छ भन्दै पुतलीसडकस्थित वसन्त श्रेष्ठको नेशनल डान्स सेन्टरमा डान्स सिक्न लगाइन् ।

शंकर बिसी, सम्झना बुढाथोकी, प्रमोद खरेलजस्ता नाम चलेका कलाकार अमेरिका गए । तर, गौरीले जसरी पनि पठाउँछु भनी पैसा लिएका अर्घाखाँचीका कसैले जान पाएनन् । पैसा दिनुअघि उनीहरूले रिसिप्ट मागेका थिए । गौरीले ‘मलाई पनि विश्वास नगर्ने भए यो पैसा फिर्ता लानु’ भनेपछि अनुहार हेरेरै विश्वास गरेको ठाकुरले बताए । तर, गौरी आफैँ अमेरिका उडेपछि पीडितहरू खिन्न भए । अमेरिकामा दीपेन्द्र प्रधानसँग गौरीले भेडाको उन बेचबिखनको काम गर्थिन् ।

दीपेन्द्रलाई पीडितहरूले पनि चिनेका थिए । त्यो माध्यमबाट दबाब दिँदा उल्टै गौरी ‘मेरो पनि पैसा फसेको छ’ भन्दै पन्छिन थालिन् । अस्ति सोमबार ठाकुरले गौरीलाई फोन गरे । भनिन्, ‘एक महिनाका लागि जापान जाँदैछु । त्यहाँबाट फर्किएपछि भेट्छु ।’ तर, पीडितहरूले आनाकानी गरेपछि गौरीले ‘सक्छौ भने हनुमानढोकामा उजुरी हाल’ भन्दै फोन काटिन् ।(यसकाठमाडौं अनलाइन बाट साभार)

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger