|
|
काठमाडौ,१७ साउन ।
कुलेखानी जलविद्युत आयोजनाको कलंकी स्युचाटारस्थित सब–स्टेसनमा भीषण आगलागी भएको छ। काठमाडौं उपत्यकाभरि प्रसारण हुने सब–स्टेसनको १३२ केभी लाइनमा आगलागी भएको हो । जुद्धवारुण यन्त्र काठमाडौंका प्रमुख किशोरकुमार भट्टराईका अनुसार सर्किट टुटेर आगो लागेको हुनसक्ने आशंका गरिएको छ।
भट्टराईका अनुसार अहिले दुई वटा वारुणयन्त्रद्धारा आगो निभाउने प्रयत्न भइरहेको छ। तर, आगो नियन्त्रणमा आउन सकेको छैन। ललितपुरस्थित दमकलबाट पनि एउटा वारुण यन्त्र त्यसतर्फ प्रस्थान गरेको छ। उनले एकदमै ठूलो आगो लागेकोले निभाउन आगो निभाउन समस्या परिरहेको बताए ।
|
|
Post a Comment