Headlines News :
Home » » ती प्रचण्ड, यी पुष्पकमल (फोटो र भिडियो)

ती प्रचण्ड, यी पुष्पकमल (फोटो र भिडियो)

Written By news on Wednesday, 3 August 2016 | 23:31



श्रावण १९, २०७३- शसस्त्र युद्धको घोषणा गरेर वर्गशत्रु सफाया गर्न हिंडेका प्रचण्ड दोस्रो पटक सिंहदरबारको कार्यकारी कुर्सीमा पदासिन भएका छन् । कुनै बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ५० लाख रुपैयाँ टाउकोको मोल तोकेका यी प्रचण्ड अहिले उनै देउवाको प्रस्तावमा दोस्रो पटक प्रधानमन्त्री भएका छन् । विद्रोहको क्रममा रोल्पा र रुकुमजस्ता विकट पहाडी जिल्लाहरुमा विद्रोही सैनिकको कमाण्ड सम्हालेका प्रचण्ड अहिले पुष्पकमल दाहाल बनेर संसदीय राजनीतिको खेलाडी बनेका छन् । तस्बिरहरु: कान्तिपुर फोटो विभाग र जनयुद्धका तस्बिरहरु- १ पुस्तकबाट साभार गरिएको ।


२०५१ सालमा एकता केन्द्रका महामन्त्रीको रुपमा प्रचण्ड । २०५२ सालमा रोल्पाको पाछावाङमा । रोलपाको दार्वोटमा छापामारहरुलाई प्रशिक्षणपछि ।


२०५३ मा रुकुममा गठन गरिएको छापामार स्क्वाडका साथ । २०५८ मा रोल्पाको कुरेलीमा बाबुराम भट्टराई र रामबहादुर थापासहित दाहाल ।


त्यस बेला तत्कालिन प्रधानमन्त्रीले उनको टाउकोको मोल ५० लाख तोकेका थिए । माओवालीले सार्वजनिक गरेको पहिलो स्केच फोटो


रोल्पाको कुरेलीमा दाहाल । २०५९ सालमा दोस्रो वार्ताका क्रममा डा बाबुराम भट्टराई र टोली । सैन्य प्रशिक्षणमा महिला लडाकुहरु ।


 २०६१ सालमा भारतबाट फर्कने क्रममा रोल्पाको झेनाममा । सैन्य प्रशिक्षणमा महिला लडाकु सदस्यहरु । जनयुद्धका धेरै समय भारतमा बसेका प्रचण्ड २०६१ सालमा फर्कंदै । २०६१ सालमा


भारतबाट फर्कने क्रममा कपिलबस्तुमा ।


२०६१ सालमा रोल्पाको थवाङमा ।


२०६२ मा डा बाबुराम भट्टराईलाई कारवाही गर्ने बैठकमा जाने क्रममा । २०६३ भदौमा काभ्रेको कामीडाँडामा । २०६३ मा माअाेवादीले काठमाडाैंमा गरेकाे पहिलाे अामसभा ।


२०६३ मंसिरमा बर्हत शान्ति सम्झौतापछि हात तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरलासँग हात मिलाउँदै दाहाल ।


मंगलबार प्रधानमन्त्रीकाे लागि उम्मेदवारी दिएपछि प्रस्तावक शेरबहादुर देउवासँग हात मिलाउँदै पुष्पकमल दाहाल । दाेस्राे पटक प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger