Headlines News :
Home » » प्रचन्ड प्रधानमन्त्री रहुन्जेल टिभीको समचार नहेर्ने भन्दै पत्रकार अस्विनीले लेखे मनै चुटाउने स्ट्याटस

प्रचन्ड प्रधानमन्त्री रहुन्जेल टिभीको समचार नहेर्ने भन्दै पत्रकार अस्विनीले लेखे मनै चुटाउने स्ट्याटस

Written By news on Wednesday, 3 August 2016 | 21:35


साउन २० , काठमाडौं –
 नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा बुधबार निर्वाचित भएका छन् । प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएको यो दोस्रो पटक हो । यसअघि २०६५ सालमा पनि प्रचण्ड प्रधानमन्त्री बनेका थिए । यसै क्रममा नेपालको राजनीति देखि सर्वसाधारण दुखित छन् । सर्वसाधारण भन्छन जुन प्रधानमन्त्री आए पनि जनताले कहिले सुख शान्ति पाउने होइन भन्दै सामाजिक संजालमा आर्कोस पोखेको पनि देख्न सकिन्छ । यसै क्रममा बुधबार प्रचण्ड प्रधानमन्त्री बन्दै गर्दा पत्रकार अस्विनी कोइरालाले मनै चुटाउने स्ट्याटस लेखेर सामाजिक संजालमा पोस्ट गरेका छन् । अस्विनी कोइरालाको स्ट्याटस जस्ताको तस्तै ”कतिपयलाई तितो लाग्नेछ तर सत्य हो । अब ९ महिनाका लागि हाम्रो घरमा टेलिभिजन करिब करिब बन्द हुनेछ । खुले पनि समाचार हेरिनेछैन । पत्रकारको घरमा समाचार नै हेर्न नपर्ने अवस्था के आइलाग्यो होला, प्रश्न गम्भीर मात्रै होइन आश्चर्यजनक पनि छ । मेरा साना बा प्रहरीमा जागीरे हुनुहुन्थ्यो ।

यही सानो आम्दानीबाट ३ सन्तान र मेरी सानिमाको जीवन चलिरहेको थियो । २०५४ सालमा रामेछापको बेथान प्रहरी चौकीको प्रमुख भएका बेला माओवादीले आक्रमण गरे । प्रहरीलाई आत्मसमर्पण गर्न लगाइयो । तर आत्मसमर्पण गरेका प्रहरीलाई लाइन लगाएर बञ्चरोले काटियो । लुटिएको बन्दुकको गोली बचाउन त्यसो गरिएको रे चौकी प्रमुख भएको अपराधमा मेरा साना बालाई अधकल्चो अवस्थामा, अलिकति खाल्डो खनेर, टाउको मात्र खाल्डोमा गाडेर हत्या गरियो । त्यो बेला कान्छी छोरी ३ वर्षकी थिइन् । उनी जति ठूली हुँदै गइन्, आफ्नो बुवाको हत्या गर्ने व्यक्ति माओवादी र प्रचण्ड हो भन्ने बुझाई उनको मनमा गढ्दै गएको रहेछ । मैले त्यसको सुईंको पाएको थिइन । अथवा यसो भनौं, याद गरेको रहेनछु । उनको मनमा के बित्दैछ, हामी बुझ्न असमर्थ रहेछौं । केही समय यता उनी मसँगै बस्दैछिन् ।

 हिजो ध्यान दिएर टेलिजिभनमा समाचार हेर्दै थिए । समाचारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निश्चित भएको समाचार आउँदै थियो । उनले फूत्त रिमोर्ट तानिन् र टेलिभिजन अफ गरिन् । मलाई झनक्क रिस उठ्यो । गाली गर्न उनीतिर फर्किएको, उनको आँखाभरी आँशु रहेछ । मैले अँगालो हाल्न बाहेक के गर्न सक्थेँ र । माफ गर पूजा, म प्रचण्ड प्रधानमन्त्री हुन्जेल तिम्रोअघि टेलिभिजन खोल्ने छैन । स्मार्ट फोनका कारण पनि तिमीबाट लुकेरै टेलिभिजन हेर्न अब अप्ठ्यारो छैन । तिमी प्राय मौन नै रहन्छौ । त्यसैले सबै पीडा बुझ्न असमर्थ छु । तर यति भन्छु, यो हाम्रो नियति हो । यो दु ख तिम्रौ मात्र होइन, १७ हजार नागरिका लाखौं सन्तानको हो । मलाई पनि लाग्छ, के प्रचण्ड प्रधानमन्त्री बनाउन मात्र त्यत्रो मान्छे मर्न–मार्ने अवस्था आएको थियो त्यो युद्ध र तिमी जस्तालाई यो अवस्था बनाउनु पर्ने बाध्यता थियो अब मलाई पनि राम्रैसँग बुझ्न थालेको छु । म पनि तिमी जस्तै विवस छु, प्रिये । यहाँ भन्दा अघि म केही भन्न सक्तिन ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger