|
|
२०७३ श्रावण २१ शुक्रबार
काठमाडौं । बैदेशिक रोजगारीका नाममा ‘मानवतस्करी’ गर्ने गिरोहको फन्दामा परेर ठगिने तथा शोषणमा पर्ने पिडीतको संख्या दिनहुँ बढीरहेको छ ।
यसैक्रममा अष्ट्रेलियामा अध्ययनका लागि पठाउने भन्दै विद्यार्थीले तिरेको ‘क्याम्पस फि’ समेत क्वाप्पै पार्ने पूरानो बानेश्वरस्थित इनोभेटीभ नेपाल एजुकेशनल कन्सल्टेन्सीका सञ्चालक प्रहरीको खोजी सूचीमा छन् ।
पूरानो बानेश्वरमा सञ्चालनमा रहेको इनोभेटीभ नेपाल एजुकेशनल कन्सल्टेन्सी प्रालिले विदेशमा अध्ययन तथा रोजगारीमा पठाउने भन्दै कयौंलाई ठगी गरेको बुझिएको छ । दिनहुँ आफूहरु ठगीएको गुनासो लिएर कन्सल्टेन्सी धाउने पिडीतको संख्या निकै रहेको बताइन्छ ।
अष्ट्रेलीयामा अध्ययनका सिलसिलामा तिरीएको कलेज फि समेत नपठाएर ठगि गरेको उजुरी परेपछि काठमाडौं प्रहरी परिसरले इनोभेटीभका सञ्चालक कपिल बर्मा र मध्यस्तकर्ता सविना श्रेष्ठलाई पक्राउ गरी उपस्थित गराउन प्रहरी वृत्त, गौशलालाई पक्राउ पूर्जि प्रेषित गरेको जानकारीमा आएको छ ।
कलेजमा भर्ना शुल्क तिर्न भनेर कन्सल्टेन्सीलाई बुझाएको ९ लाख रुपैया कन्सल्टेन्सीले अष्ट्रेलियास्थित कलेजलाई नपठाएको र त्यहाँ पुगेपछि कलेजले दुई दिनभित्र कलेज फि नबुझाए देश निकाला गरिदिने बताएपछि होसगुमको अवस्थामा पुगेकी स्याङजाको पञ्चमुल घर भएकी विन्दु पौडेल अष्ट्रेलियामै पढ्ने कि घर फर्कने दोधारमा परीन् ।
विन्दुले अष्ट्रेलियाबाट घटनाक्रम सबै नेपालस्थित परिवारजनलाई गराएपछि यहाँका परिवारजनले कन्सल्टेन्सीमा सम्पर्क गर्दा ‘उक्त रकम आफूले मासेको र छिट्टै फिर्ता गर्ने’ प्रतिवद्धताका साथ ‘तत्कालका लागि उक्त रकम तपाईंहरुले नै व्यवस्था गरी पठाउन’ अनुरोध गर्दै उक्त रकम बराबरको चेक समेत काटेर दिएका थिए भने कागजसमेत गरिदिएका थिए, सञ्चालक कपिल वर्माले ।
तर, तोकिएको मितिमा चेक सटही गर्न जाँदा चेक नसाटीएपछि र उसको भनाइमा विश्वास गर्दै पटक पटक धाउदा समेत पैसा पाउने अवस्था नदेखिएपछि आजित भएर पिडीत पक्षले प्रहरीमा उजुरी गर्नु परेको हो । ‘सकेसम्म हाम्रो उसलाई पक्राउने, थुनाउने योजना थिएन, आजभोली गर्दागर्दै महिनौं झुलाएपछि उजुर गर्न बाध्य भयौं,’ पिडीत विद्यार्थीका काका तेजप्रसाद काफ्लेले नेपालखबरसमक्ष आफ्नो गुनासो सुनाए ।
उनका अनुसार सञ्चालक कपिल वर्मा कन्सल्टेन्सीमा आउन छाडेको थुपै्र भयो, कर्मचारीको हैसियत बताउने सविना श्रेष्ठले नै त्यहाँ आउने आगन्तुकसँग भेटवार्ता गर्ने गर्छीन् ।
‘पटक पटक कन्सल्टेन्सीमा जाँदा हामीलाई भोली र पर्सी भन्दै झुलाउने काम भयो,’ पिडीत बिन्दुका बाबु खेमनारायण पौडेलले भने, ‘हामीलाई झुक्याउने काम कन्सल्टेन्सीकै सविना श्रेष्ठबाट भयो ।’
सविनाको कन्सल्टेन्सीसँगको सम्वन्ध रहश्यमय देखिन्छ । काम गर्ने कर्मचारीको हैसियतमा देखिए पनि उनको सञ्चालक कपिल बर्मासँगको सम्वन्ध ‘कुछकुछ’ रहेको आशंका धेरैको छ । यस बारेमा प्रहरीले पक्राउ परेपछि अनुसन्धानलाई गम्भीरतापूर्वक छानविन गर्ने बताएको छ ।
|
|
Post a Comment