Headlines News :
Home » » तालिवानी प्रमुख कमाण्डरसहित चार जना मारिए

तालिवानी प्रमुख कमाण्डरसहित चार जना मारिए

Written By news on Friday, 5 August 2016 | 02:17


अफगानिस्तान, २१ साउन ।
 तालिवानको प्रमुख कमाण्डर र उनका चार सहयोगी अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको कला ए जाल जिल्लामा मारिएका छन् ।  प्रान्तीय प्रहरी प्रमुख मोहमद कसिम जानगालबाघले बिहीबार सो जानकारी दिएका छन् ।

कला ए जाल जिल्लामा भएको मानवरहित विमान आक्रमणमा त्यहाँ लुकेर बसेका तालिवानका कुख्यात कमाण्डर मुल्लाह खैरुल्लाह र उनको चार सहयोगी मारिएका जानगालबाघले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।
खैरुल्लाहले तीन सयभन्दा बढी सशरुत्र आतङ्ककारीहरुलाई गत दुइवर्ष भन्दा बढीदेखि कमाण्ड गर्दै आएका थिए ।

उनको मृत्यु कुन्दुज र छिमेकमा पर्ने तखार र बाघलान प्रान्तका तालिवान आतङ्ककारीको लागि गहिरो प्रहार भएको पनि प्रहरी प्रमुखले बताएका छन् ।
तर यस प्रान्तहरुमा सक्रिय रहँदै आएका तालिवान आतङ्ककारी समूहले भने यस विषयमा केही टिप्पणी गरेका छैनन् । ताजकिस्तानको सीमामा पर्ने कला एक जाल जिल्लामा गत केही महिना यतादेखि तालिवान आतङ्ककारी र सुरक्षाबलबीच झडप जारी रहेको बताइएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger