|
|
भीमदत्तनगर, महाभारतकालमा द्रोपदीको बिहे पाँच पाण्डवसँग भएको भनिन्छ । एक्काइसौं शताब्दीमा यस्तो कल्पना पनि गर्न सकिन्न । तर हाम्रै छिमेकी देश भारतको देहरादूनमा भने एकजना महिला ५ जना पतिसँग जिन्दगी बिताउँदै गरेको खबर सार्वजनिक भएको छ । अचम्मको कुरा त के छ भने यिनले ५ जना दाजुभाईसँग बिहे गरेकी हुन । राजो बर्मा नाम गरेकी यी महिला देहरादूनको गाउँमा बस्छिन् । पाँच पतिसँग बिहा पछि समेत उनीहरु सँगै एउटै कोठामा बस्छन् ।
अचम्म लाग्छ हैन, कसरी सुत्छन् त सँगै ? तर उनीहरुमध्ये एकजना राजोसँग सुते भने अरु चाहिँ बरण्डामा या कौशीमा खाट लगाएर सुत्ने गर्छन् । राजोको एउटा १८ महिनाको छोरा पनि छ । तर यो कुन चाहिँ श्रीमानको छोरा हो भन्ने कुरा कसैलाई थाहा छैन ।
यी पाँच भाइबीचको प्रेम पनि पाण्डवहरु जस्तै देखिन्छ । यिनीहरुले कसैको हक मार्दैनन् । बच्चालाई पनि उत्तिकै माया गर्छन राजोलाई माया गरेजस्तै । परम्परालाई निर्वाह गर्दै उनीहरुले एउटै पत्नीसँग बिहे गरेका हुन । यो परम्परा अनुसार, महिलालाई आफ्नो श्रीमानसँगै उसका भाईहरुसँग पनि बिहा गर्नुपर्छ । उनीहरुको बिहे भारतीय परम्परा अनुसार गाउँलाई साक्षी राखेर भएको थियो । राजोले पनि आफ्ना सबै श्रीमानलाई बराबरी व्यवहार गर्ने समाचारमा उल्लेख छ ।
|
|
Post a Comment