|
|
तपाईलाई यादै होला, छैन भने याद गर्नुस् त नेपालमा ०७० सालयता प्रधानमन्त्री मात्रै तीनपटक परिवर्तन भइसकेका छन् । नेपालमा प्रधानमन्त्री पनि यसरी फेरिरहन्छन् कि नेपाली अरु काम नै नपाएर यसैको खेती गरिरहन्छन् ।
अझै रोचक कुरा त के छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक्लैले तीन वर्षभित्रै नेपालका तीनजना प्रधानमन्त्रीको कार्यकाल भोगिसके । नरेन्द्र मोदीको कार्यकाल लगभग अझै तीन वर्ष (सन् २०१९ अप्रिल) सम्म बाँकी भएकाले मोदीले अझै नेपालका भावी प्रधानमन्त्री कति जनालाई बधाई दिन र स्वागत गर्न भ्याउने हुने ठेगान छैन ।
यही रफ्तारमा नेपाल कुद्ने हो भने मोदीको बाँकी कार्यकालमा आधा दर्जन अझै नेपालका प्रधानमन्त्रीलाई बधाई दिन र स्वागत गर्ने सम्भावना रहेको छ ।
|
|
Post a Comment