Headlines News :
Home » » बिहारबाट अपहरण भएकी चार वर्षीया बालिका अपहरण मुक्त

बिहारबाट अपहरण भएकी चार वर्षीया बालिका अपहरण मुक्त

Written By news on Monday, 8 August 2016 | 01:21


साउन २४, मोरङ –
 नेपाल प्रहरीको पूर्व क्षेत्रीय अनुसन्धान ब्युरोले अपहरित बालिका स्पर्श अग्रवाललाई आज बिहान सकुशल अपहरणमुक्त गराएको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार प्रहरीले मोरङको पथरीबाट चार वर्षीया बालिकालाई सकुशल अपहरण मुक्त गरेको हो । भारतको बिहारबाट अपहरणमा परेकी बालिकालाई चार दिनअघि बालिका स्कुलबाट घर फर्कंदै गर्दा अपहरणमा परेकी थिइन् ।

 प्रहरी नायब उपरीक्षक पङ्गेनीका अनुसार कटिहारस्थित एनबिआर स्कुलमा पढ्दै गरेकी ती बालिका मुक्त गर्दा प्रहरीले दुईजना अपहरणकारीलाई पक्राउ गर्न सफल भएको छ । अपहरणकारीहरू त्यही स्कुलका पूर्व सवारी चालक रहेको प्रहरीले जनाएको छ । प्रहरीले अपहरणकारीको नाम खुलाएको छैन विहारबाट नेपाल ल्याएको आशङ्कापछि ब्युरोको टोली परिचालन भएको थियो । प्रहरीको केन्द्रीय र क्षेत्रीय अनुसन्धान समूहको संयुक्त टोलीले बालिकालाई सकुशल उद्धार गरेको हो । बालिकाको मामली घर इटहरी हो । अपहरणकारीले नेपालमा ल्याएर बालिकाका आफन्तसँग ‘बागे्रनिङ’ गरिरहेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले पैसाको लागि बालिकालाई अपहरण गरेको खुले र अन्य विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कृष्ण पङ्गेनीको भनाइ छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger