Headlines News :
Home » » ;Breaking News, भर्खरै आत्मघाती विष्पोटमा परी मृत्यु हुँनेको संख्या २१ पुग्यो..

;Breaking News, भर्खरै आत्मघाती विष्पोटमा परी मृत्यु हुँनेको संख्या २१ पुग्यो..

Written By news on Monday, 25 July 2016 | 02:07



१० साउन, बग्दाद ।

इराकको राजधानी बग्दादको उत्तरी भागमा रहेको एक सुरक्षा चौकीलाई लक्षितगरी आइतबार बिहान गराइएकोे एक आत्मघाती आक्रमणमा मृत्यु हुँने व्यक्तिको संख्या २१ पुगेको छ ।

काधिमियाको प्रवेशद्वारमा भएको आक्रमणमा विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारीले आक्रमण गर्दा दुई प्रहरी अधिकारी सहित २१ जनाकोे मृत्यु भएको नाम गोप्य राख्ने शर्तमा एक प्रहरी अधिकारीले बताए । यस आक्रमणमा परी अन्य ३५ इराकी नागरिक घाइते भएका छन्
यसअघि आइतबार नै इराकबाट प्राप्त समाचारमा १४ जनाको मृत्युभएको र २९ जना घाइलत भएका जनाइएको थियो ।

आक्रमणको इराकमा सक्रिय इश्लामिक स्टेट (आइएस) को एक समूहले जिम्मेवारी लिएको छ ।

यस महिनाको सुरुमा मध्यबग्दादको कारादा जिल्लामा आइएस आतङ्ककारी समूहले गरेको आत्मघाती आक्रमणमा २९२ व्यक्तिको मृत्यु भएको थियो ।

राजधानी बग्दादको उत्तर भागमा पर्ने बलाद क्षेत्रमा आक्रमणगरी ४० व्यक्तिको हत्या गरेको केही दिनपछाडि पुनः यो आक्रमण भएको छ । रासस÷ सिन्ह्वा

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger