|
|
सत्ता छाड्न नचाहेको भनेर केहीले आलोचना गरीरहदा प्रधानमन्त्री ओलीले सहज तरिकाले राजिनामा मात्र दिएनन्, राजिनामा दिदा निकै शालिन तरिकाले प्रस्तुत भए ।
संसदमा उनले गरेको सालिन भाषणको सबैले प्रशंसा गरेका छन् । कतिसम्म भने शुक्रबार ओलीलाई गाली गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत ओलीको आइतबार प्रशंसा गरेका छन । ओलीको भाषणपपछि प्रचण्डले ओली राजनेताको परिचय दिएको प्रतिक्रिया दिएको दृष्टीनयूजले लेखेको छ । संसद बैठकमा सम्बोधनसँगै राजीनामा दिएका ओलीलाई संसद भवनस्थित प्रधानमन्त्रीको च्याम्बरमा पुगेर आगामी दिनमा पनि सहकार्य हुने अपेक्षा गरेको बताए ।
दाहालको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘तपाईंले असल राजनेताको परिचय दिनुभएको छ, आगामी दिनमा पनि सहकार्य हुने नै छ ।’ जवाफमा प्रधानमन्त्रीले ‘तपाईंलाई पनि आगामी कार्यकालको शुभकामना’ भनेका छन् । यसैबीच राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले ओलीलाई ‘असल’ प्रधानमन्त्रीको रुपमा चित्रण गरेका छन् ।
थापाले भन्नुभएको छ, ‘देशलाई माया गर्ने असल प्रधानमन्त्रीको रुपमा केपी ओलीको सम्झना सधै रहनेछ, तपाईंसँग काम गर्न पाएकोमा खुसी छु । कुनै पछुतो छैन ।’
|
|
Post a Comment