Headlines News :
Home » » कोशी व्यारेजलाई ध्वस्त पार्ने आतंकवादीको धम्की, सुरक्षामा नेपाली सेना तैनाथ..

कोशी व्यारेजलाई ध्वस्त पार्ने आतंकवादीको धम्की, सुरक्षामा नेपाली सेना तैनाथ..

Written By news on Monday, 25 July 2016 | 02:13


काठमाडौं, १० साउन ।
५० वर्ष पुरानो कोशी व्यारेज माथि अहिले खतराको बादल मडारि रहेको छ । बर्खाको मौसम भएको कारणले कोशी व्यारेजको जलस्तर निकै उच्च रहेको छ ।

त्यस बाहेक पनि कोशी ब्यारेज अन्तर्राष्ट्रिय आतंकवादीहरुको निशानामा रहेको सनसनीपूर्ण समाचार बाहिर आएको छ । आतंकवादी संगठनले कोशी ब्यारेजलाई ध्वस्त पार्ने धमकी दिएको खबर भारतीय च्यानल आजतकले दिएको छ ।

आतंकवादीद्वरा प्राप्त धमकीपछि अहिले कोशी व्यारेज क्षेत्रको सुरक्षा बढाएका छन् । नेपालको पूर्वी नेपाललाई जोड्न एक मात्र स्थलमार्गमा सुनसरी र सप्तरी जिल्लाको बीचमा रहेको सप्तकोशी नदीमाथि निर्मित कोशी ब्यारेजलाई आतंकवादी संगठनले ध्वस्त पार्ने धमकी दिएको समाचार भारतको चर्चित टेलिभिजन आजतकको अनलाइन संस्करणमा लेखिएको छ ।

केहि दिन अगाडि पनि भारतको अर्को चर्चित अनलाइन जागरणले पनि नेपालमा आतंकवादीको अड्डा बन्दै गएको समाचार छापेको थियो ।
कोशी व्यारेजलाई ध्वस्त पार्ने आतंकवादीद्वरा धमकी प्राप्त भएपछि भारत र नेपालका अधिकारीहरु चिन्तित बनेका छन् ।

कोशी ब्यारेजको सुरक्षामा नेपालको सुरक्षाकर्मी बाहेक अहिले नेपाली सेनाको सक्रियता बढाएको छ । कोशी ब्यारेजबाट आवत जावत गर्ने सबै सवारी साधनमा कडा निगरानी र चेकजाँच हुन थालेको छ ।

सुरक्षाकर्मी निकै सजग भएका कारण निकै सक्रियता पूर्वक कुनै पनि किसिमको अप्रिय घटना नहुन दिन सर्तकता अपनाएका छन ताकी कुनै पनि अप्रिय घटना नहोस् ।

सुरक्षा संवेदनशीलताका कारण भारत र नेपालका कुनै पनि अधिकारीले कहाँ बाट कुन संगठनको आतंकवादीले धमकी दिएको हो नाम लिन चाही रहेका छैन ।

सुनसरी जिल्लाका जिल्लाका सिडियो मोहन चापाँगाईको अनुसार कोशी व्यारेजलाई ध्वस्त पार्ने धमकी आएदेखि सुरक्षा प्रशासन निकै सजग छ । सुनसरी जिल्ला प्रशासनका साथै नेपाल आर्म फोर्सको एक विशेष टोली कोशी व्यारेजको सुरक्षामा खटाई सकेको उनको भनाई छ ।

उनले भने, ‘कोशी ब्यारेजबाट आउने जाने सवारी साधनमाथि कडा निगरानी र चेकजाँच पनि भई रहेको छ । सिडियो चापाँगाईका अनुसार कोशी व्यारेज गम्भीर विषय हो र यसको सुरक्षाको लागि प्रशासनलाई निकै सजग र सर्तक हुनु निर्देशन समेत दिएको बताए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger