|
|
लामो समयदेखी सन् २००२ को ‘हिट एण्ड रन’ मुद्दाका कारण विवादमा तानिदै आएका बलिउड अभिनेता सलमान खानलाई सो मुद्धामा अप्ठ्यारो पर्ने देखिएको छ।
सर्वोच्च अदालतले महाराष्ट्र सरकारले गरेको अपिललाई स्विकार गरेपछि यस्तो अवस्था आएको हो।
मुम्बईको जिल्ला अदालतले उक्त मुद्दामा सलमानलाई सफाइ दिएको थियो जसको विरूद्ध महाराष्ट्र सरकारले अपिल गरेको थियो। यस मुद्दामा महाराष्ट्र सरकारले फास्ट ट्रयाकबाट सुनुवाइ गर्न गरेको अपिललाई भने अदालतले खारेज गरेको छ।
सन २०१५ मा मुम्बईको सेसन कोर्टले पाँच वर्षको जेल सजाय सुनाएको थियो जसलाई पछि सर्वोच्च अदालतले सफाइ दिएको थियो।
|
|
Post a Comment