Headlines News :
Home » » अनुदान सम्झौता गर्न मात्रै गाउँ पस्दै भूकम्पपीडित..

अनुदान सम्झौता गर्न मात्रै गाउँ पस्दै भूकम्पपीडित..

Written By news on Tuesday, 5 July 2016 | 01:10


आदित्य दाहाल, मेलम्ची, २१ असार,
 भूकम्पपछि बासस्थान गुमाएर राजधानी काठमाडौँ र जिल्ला बाहिर बस्दै आएका भूकम्पपीडित आवास पुनःनिर्माणको लागि अनुदान सम्झौता गर्न यतिबेला आफ्नो गाउँ धाउँदै छन् । भूकम्पपछि थातथलो मेटिएपछि बस्नको निमित्त सुरक्षित बासस्थान खोज्दै सुविधा सम्पन्न मानिने नेपालको राजधानी तथा नजिकको जिल्ला र गाविसमा बस्दै आएका सिन्धुपाल्चोक जिल्लाका भूकम्पपीडित अनुदान सम्झौताका लागि आफ्नो गाविसमा लर्को लाग्ने गरेको देखिन्छ । भूकम्प गएको १३ महिना बित्दै गर्दा आवास पुनःनिर्माणको लागि अनुदान सम्झौताको लागि सिन्धुपाल्चोक जिल्लालगायत विभिन्न जिल्लामा अनुदान सम्झौताको कार्यमा यतिबेला सरकार लागिपरेको छ । भूकम्पपछि काठमाडौँ चाबहिल बस्दै आएका सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१२ कि गीता दाहाल अनुदान सम्झौताको लागि वडा कार्यालय आएको बताउँछिन् । सरकारले अनुदान वितरण गरेपछि मात्र आफ्नो बासस्थान निर्माण गर्न गाउँ फर्कने दाहालको योजना छ ।

भूकम्पपछि जिल्ला बाहिर बस्ने पीडित धमाधम अनुदान सम्झौता गर्न गाउँ पसेको नेपाली काँग्रेस क्षेत्र नं ३ का सभापति आइतमान तामाङले बताए । तामाङ भन्छन्, “भूकम्पपछि सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं ३ बाट जिल्ला बाहिर गएर बस्नेको सङ्ख्या धेरै छ त्यसमध्ये पनि जिल्लाको हिमाली क्षेत्र हेलम्बु, बरुवा, गुन्सा, भोताङका बासिन्दा सबैभन्दा बढी रहेका छन् । सरकारले भूकम्पपीडितलाई पुनःनिर्माणको रकम दिनको लागि अनुदान सम्झौता गर्न थालेपछि जिल्लाभर अन्यत्र गएर बस्ने पीडितको घुइँचो लागेको हो ।“ यसैबीच, अनुदान सम्झौताको क्रममा मेलम्ची नगरपालिकाको चारवटा वडामा एक हजार ७१६ घरधुरीको अनुदान सम्झौता भएको र जम्मा १६१ वटा गुनासो आएको छ भने ११८ घरघुरीको अनुदान सम्झौता हुन बाँकी छ ।

नगरपालिकाको वडा नं ३ र ४ को सिन्धुकोटमा ८०५ घरधुरीको अनुदान सम्झौता भएको छ भने नाम छुटेको तथा नाम सच्याउन पर्ने भन्दै ७२ वटा गुनासो आएको वडा सचिव होमनाथ दाहालले बताए । सिन्धुकोटमा अनुदान सम्झौता गर्न ४६ घरधुरी रहेको तथ्याङ्क छ । त्यस्तै, मेलम्ची नगरपालिका १२ र १३ वडा पनि अनुदान सम्झौताको कार्य भइरहेको र हालसम्म ९२६ घरधुरीको सम्झौता भएको छ भने ८९ वटा गुनासो आएको वडा सचिव दाहालले बताए । हालसम्म जिल्लाभर ३४ हजार ३६२ घरधुरीको अनुदान सम्झौता भइसकेको छ भने सात हजार ६०० वटा गुनासो आएका छन् । हालसम्म जिल्लाको चौतारा नगरपालिकाको मात्र ११ हजार ९५ जनाको बैंक खातामा अनुदानको रु ५० हजार पठाइएको पुनःनिर्माण प्राधिकरण सम्पर्क कार्यालय सिन्धुपाल्चोकका प्रमुख भुवनेश्वर लामिछानेले बताए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger