Headlines News :
Home » » चिनियाँ पूर्व राष्ट्रपतिका सहयोगीलाई भ्रष्टाचार आरोपमा आजीवन काराबास...

चिनियाँ पूर्व राष्ट्रपतिका सहयोगीलाई भ्रष्टाचार आरोपमा आजीवन काराबास...

Written By news on Tuesday, 5 July 2016 | 03:37


बेइजिङ चीन, २० असार ।
 चीनका पूर्व राष्ट्रपति हु जिन्ताओका पूर्व सहयोगी लिङ जिहुवालाई भ्रष्टाचार तथा राज्यको गोप्य सूचना गैरकानुनी तरिकाले लिएको र शक्तिको दुरुपयोग गरेको आरोपमा आजीवन काराबासको सजाय तोकिएको छ ।

यस सन्दर्भमा लिङ जिहुवाले आफ्नो गल्ती स्वीकार गरेको र सजायमाथि पुनःविचारका लागि माथिल्लो निकायमा अपिल नगर्ने बताएका तियानजिनस्थित पहिलो मध्यवर्ती जनअदालतको फैसलालाई उद्धृत गर्दै सिन्ह्वा न्युज एजेन्सीले बताएको छ ।


आजको फैसलाले मेरो हृदयमा गहिरो चोट पुगेको छ, लिङले सोमबार अदालतसमक्ष जारी गरेको अन्तिम विज्ञप्तिमा बताइएको छ ।

पूर्व राष्ट्रपति हु जिन्ताओका सहयोगी लिङको मुद्दा राज्य सञ्चालित टेलिभिजन सीसीटीभीको रात्रिकालीन प्रसारणको मुख्य समाचारमा छाएको छ ।

समाचारमा लिङलाई सेतो सर्ट र चस्मा लगाएको अवस्थामा देखाइँदा उनले आफूमाथिको सजायलाई नम्रतापूर्वक स्वीकारेको देखाइएको बताइएको थियो ।

चीनको सत्तासीन कम्युनिस्ट पार्टीले लिङलाई हुको सहयोगीबाट गएको वर्ष नै हटाएको थियो ।

सन् २०१२ मा बेइजिङमा भएको फेरारी कार दुर्घटनामा लिङका छोरा मारिएका थिए र यसले एक दशकमा एक पटक हुने चिनियाँ नेतृत्व परिवर्तनको विषयमा समेत बाधा पुर्‍याएको थियो ।

 रासस/एएफपी



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger