असार २९, चितवन –
नारायणगढको कलश होटलमा तीन दिन अघि एक युवतीको हत्या गरी फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय चितवनले मङ्गलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुम्दी गाविस–९ धादिङका २६ वर्षीय हेमबहादुर थापा रहेका छन् । उनलाई हिजो दिउँसो धादिङमा पक्राउ गरी राति चितवन ल्याइएको प्रहरीले जनाएको छ । निजले भरतपुर उपमहानगरपालिका–१६ मङ्गलपुरकी २७ वर्षीया रिता भुजेललाई असार २६ गते नारायणगढस्थित कलश होटलमा हत्या गरेको प्रहरीको अभियोग छ । सो होटलमा भुजेलसँगै बसेका थापाले हत्या गरी फरार भएको प्रहरीले दाबी गरेको छ । पक्राउपछि अभियुक्तले सुरुमा मुसा मार्ने विष मिसाएर खुवाएको र पछि छट्पटिन थालेपछि सलले घाँटी बाँधेर हत्या गरेको स्वीकारेको प्रहरीले दाबी गरेको छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment