Headlines News :
Home » » यदि प्रधानमन्त्री ओलीले यो काम पुरा गर्न सके भने ओली सरकार टिक्ने छ..

यदि प्रधानमन्त्री ओलीले यो काम पुरा गर्न सके भने ओली सरकार टिक्ने छ..

Written By news on Tuesday, 12 July 2016 | 21:32


काठमाडौं २९ असार |
 नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई बहुमत पुर्‍याउन ४५ सिटको आवश्यकता परेको छ। राजधानी दैनिकमा समाचार छ।

ओली सरकारले विश्वासको मत मागेर ४५ सिट प्राप्त गर्न सफल भए उनी प्रधानमन्त्री कायम रहने छन्।


संसदमा गत २४ असोजमा भएको प्रधानमन्त्री निर्वाचनमा ओली ३ सय ३८ मतका साथ विजयी भएका थिए, जसमा माओवादी केन्द्रको ८२ जनको समर्थन थियो।

यसअघि तीन सिट भएको नेकपा संयुक्तले समर्थन फिर्ता लिइसकेको जनाएको छ। अहिले सरकारका पक्षमा २ सय ५३ जनाको मात्र समर्थन रहेको छ।

सत्ता गठबन्धनको सबैभन्दा ठूलो शक्ति माओवादी केन्द्रले मंगलबार समर्थन फिर्ता लिएपछि अब ओली सरकारलाई टिकाउन ४५ सिटको आवश्यकता पर्ने भएको हो।

कुल ५ सय ९५ सदस्यमध्ये त्यसको बहुमत प्राप्त गर्न २ सय ९८ मतको आवश्यक पर्छ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger