Headlines News :
Home » » रञ्जित रे र मधेसी नेताबीच गोप्य वार्ता, प्रचण्डलाई सहयोग गर्न सुझाव..

रञ्जित रे र मधेसी नेताबीच गोप्य वार्ता, प्रचण्डलाई सहयोग गर्न सुझाव..

Written By news on Tuesday, 12 July 2016 | 21:49


काठमाडौं :
 माओवादी केन्द्रले एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएर लगत्तै भारतीय राजदूत रञ्जित रे सक्रिय भएका छन् । राजदूत रेले आन्दोलनरत मधेसी नेताहरुसँग गोप्य भेट गरी माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्न लागेको सरकारलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

स्रोतका अनुसार मंगलबार राती राजधानीको एक पाँचतारे होटलमा भएको गोप्य वार्तामा राजदूत रे र मधेसी नेताहरुबीच नयाँ सरकार गठनमा मधेसी दलहरुको भुमिका बारेमा छलफल भएको थियो । वार्तामा राजदूत रेले प्रचण्डको नेतृत्वमा सरकार गठन हुन सक्ने संकेत गरेको भेटमा सहभागी एक नेताले बताए । छलफलमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तमलोपाको अध्यक्ष महन्थ ठाकुर लगायत शिर्ष मधेसी नेताहरु सहभागी भएको एक नेताले बताए । रे र मधेसी नेताहरुबीचको छलफलको पुष्टी पत्रकार ऋषि धमलाले पनि गरेँ ।

स्रोतका अनुसार भेटमा मधेसी नेताहरुले माओवादीले समर्थन फिर्ता लिएपछि सरकार ढल्ने पक्का भएको भन्दै खुसी व्यक्त गरेका थिए । उनीहरुले प्रधानमन्त्री ओलीले राजीनामा नदिए संसदमा आउने अविस्वासको प्रस्तावमा विपक्षमा मतदान गर्ने जानकारी दिएका थिए ।

माओवादी र कांग्रेसबीचको सात बुँदे सहमतिको पहिलो नम्बरको बुँदामा नै मधेसको असन्तुष्टीलाई सम्बोधन गर्ने उल्लेख छ । सहमतिमा भनिएको छ, ‘नेपालको संबिधान जारी भएसँगै देशभित्र देखा परेको असन्तुष्टि, तराई मधेसमा भएको आन्दोलन, थारु लगायत सबै आदिबासी जनवातिका अधिकार सम्वन्धि सवाल समेतलाई दृष्टिगत गरी राजनीतिक सहमतिका आधारमा सीमांकन लगायतका लगायतका बिषयमा सम्बोधन गर्न आवश्यक शंसोधन गरी संविधानको सर्वस्वीकार्यताका लागि राजनीतिक सहमतिको वातावरण बनाउने ।यस कारण पनि मधेसी दलहरु उत्साहित भएको एक मधेसी नेताको भनाई छ ।’

तर, यसअघि मंगलबार नै तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशी मोर्चा सरकारमा नजाने बताएका हुन्। माओवादीको नेतृत्वमा सरकार बने पनि मधेशको माग सम्बोधन हुने वा नहुने कुनै आधार नदेखिएकोले मोर्चा सरकारमा जाने प्रश्न नै नरहेको ठाकुरको भनाइ छ।

तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता राम नरेश राय सरकारमा जाने औचित्य नभएको बताउँदै मोर्चा सरकारमा नजाने स्पष्ट पारेका छन्। सदभावना पार्टीका महासचिव मनीष कुमार सुमन मधेशी जनता मधेशी दललाई प्रतिपक्षमा हेर्न चाहेको बताए  ।माओवादी र कांग्रेसले नै संविधान जारी गरेर मधेशलाई अधिकारबाट वञ्चित गराएकोले मोर्चा सरकारमा जाने सम्भावना नभएको महासिचव सुमनको भनाइ छ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger