Headlines News :
Home » » अनौठो तथ्य, हेडमास्टरको तलब मासिक ३ हजार..

अनौठो तथ्य, हेडमास्टरको तलब मासिक ३ हजार..

Written By news on Sunday, 3 July 2016 | 00:25


बझाङ, १९ असार ।
 भातेखोला गाविसस्थित ऐकवर प्राविका प्रधानाध्यापकले मासिक ३ हजार तलब पाउँछन् । शिक्षिकाले २ हजारमा चित्त बुझाएकी छन् । अभिभावकले चन्दा संकलन गरेर जेनतेन सञ्चालन गरिरहेको विद्यालय बन्द हुने अवस्थामा पुगेको छ ।

आजको कान्तिपुर दैनिकमा वसन्तप्रताप सिंह लेख्छन् – विद्यालय स्थापना भएको ८ वर्षसम्म कुनै पनि सरकारी सुविधा नपाउँदा दुर्गम गाउँको यो विद्यालय बन्द हुने स्थितिमा पुगेको हो । प्रधानाध्यापक टेकराज बानियाँले २०६५ देखि अहिलेसम्म आफूले मासिक तलब ३ हजार र शिक्षिका सुशीला भण्डारीले मासिक २ हजार लिएर विद्यालय चलाइरहेको बताए । ‘धेरैजसो अभिभावकले चन्दा दिन पनि छाडेकाले अबका दिनमा यही तलब पनि नपाइने हो कि भन्ने चिन्ता छ,’ उनले भने ।

भातेखोला गाविसको खेती गाउँबाट सबैभन्दा नजिकको कुलमष्टाजन उच्चमावि झन्डै २ घण्टा टाढा छ । खेती गाउँका ससाना बालबालिकालाई त्यहाँ पुग्न धौधौ हुन्छ । जंगलको बाटो विद्यालय जाँदा वन्यजन्तुको डर हुने, खोला तर्नुपर्ने र साना बालक हिँड्न नसक्ने भएकाले २०६५ मा गाउँमै प्रावि स्थापना गरिएको थियो ।

स्थापनाकालदेखि नै चन्दाको भरमा चलिरहेको उक्त विद्यालयमा आजभोलि अभिभावकले चन्दा दिन आनाकानी गर्न थालेपछि विद्यालयको भविष्य नै संकटमा परेको अभिभावक नरबहादुर सेटीले बताए ।

६० जना विद्यार्थी अध्ययनरत उक्त विद्यालय अहिलेसम्म चन्दाबाटै सञ्चालन गरेको देवी सेटीले बताए । ‘अहिलेसम्म त गाउँले, भारतमा रोजगारीका लागि गएका यस गाविसका बासिन्दाहरूबाट चन्दा संकलन गरी विद्यालय सञ्चालनमा ल्याएका छौं । प्रत्येक वर्ष चन्दा दिँदादिँदा अभिभावक दिक्क भइसके । विद्यालय बन्द हुने अवस्थामा छ,’ उनले भने ।

पहुँचका आधारमा शिक्षक दरबन्दी वितरण गरिने र त्यहाँसम्म पहुँच नहुँदा विद्यालय बन्द हुने अवस्थामा पुगेको प्रधानाध्यापक बानियाँले बताए । जिल्ला शिक्षा अधिकारी मदनकुमार थापाले जिल्लामा यस्ता विद्यालय थुपै्र भएको जिकिर गरे । गत वर्ष ४० दरबन्दी आएकोमा त्यस्तै अवस्था भएका तथा दरबन्दी नपाएका विद्यालयहरूलाई वितरण गरिएको उनको भनाइ छ । ‘पहुँचका आधारमा दरबन्दी वितरण गरिएको छैन । अझै पनि झन्डै ३५ भन्दा बढी विद्यालयले दरबन्दीका शिक्षक पाएका छैनन्,’ उनले भने ।

विद्यालय बन्द हुने अवस्थामा पुगेपछि स्थानीय अभिभावक साना बालबालिकालाई कहाँ पढाउने भन्ने चिन्ता गर्न थालेका छन् । ‘विद्यालय बन्द भएको खण्डमा गाउँका साना बालबालिका शिक्षाबाट वञ्चित हुने निश्चित छ,’ कौशिला कामीले भनिन्, ‘संकलन गरेको चन्दा पनि सकियो । महिनाको ५ हजार जम्मा गर्न सक्ने स्थिति छैन, विद्यालय बन्द भए केटाकेटी कहाँ पढाउने ?’



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger