Headlines News :
Home » » माओवादीको अपरिपक्व निर्णय, बन्नै सक्दैन राष्ट्रिय सहमतिको सरकार..

माओवादीको अपरिपक्व निर्णय, बन्नै सक्दैन राष्ट्रिय सहमतिको सरकार..

Written By news on Sunday, 3 July 2016 | 00:19


माओवादीको निर्णयमा कांग्रेसको नीति बाधक, बन्नै सक्दैन राष्ट्रिय सहमतिको सरकार

शंकर पोखरेल (एमाले स्थायी कमिटी सदस्य)

नेकपा माओवादी केन्द्रले शनिवार एउटा अपरिपक्व निर्णय गरयो । राष्ट्रिय सहमतिको सरकार बन्न मुख्य दुई कुरा बाधक छन् । पहिलो हो नेपाली कांग्रेसले लिएको  पछिल्लो सैद्धान्तिक नीति र दोस्रो संविधानको ब्यवस्था । कांग्रेसले संविधान जारी भएपछि दुई ठुलो दल एकै पटक सरकारमा जान नहुँने नीति लिएको छ । एमाले सरकारमा गए, कांग्रेस प्रतिपक्षमा र कांग्रेस सरकारमा गए एमाले पक्ष पक्षमा बस्नु पर्ने नीति लिएको छ ।
कांग्रेसको नीति र अडान परिवर्तन नभएसम्म राष्ट्रिय सहमतिको सरकार बन्न सक्दैन । कांग्रेस यो नीति परिवर्तन गर्ने पक्षमा छैन । यो नीति परिवर्तन गर्ने भए कांग्रेस प्रधानमन्त्री अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा आउथ्यो । नीति बाधक बनेका कारण प्रतिपक्षमा बस्यो । तर माओवादी केन्द्रले यो नीति बुझदा बुझदै पनि राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने निर्णय लियो र त्यसको पहल गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दियो । जो राजनीतिक हिसावले निकै अपरिपक्व निर्णय छ ।

राष्ट्रिय सहमतिको सरकार बनाउन हाम्रो संबैधानिक ब्यवस्थाबाट पनि सम्भव छैन । एउटा मात्र दल र एउटा मात्रै ब्यक्तिले असहमति जनाएपनि राष्ट्रिय सहमतिको सरकार बन्दैन । सवै दल एक ठाउँमा एउटा सानो दल अर्काे ठाउँमा अभिएर बनेको सरकार बहुमतिय नै हुन्छ । अहिले दलहरुले लिएका नीति र ब्यवहारलाई हेर्दा राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना छैन ।

यी दुवै कुरा माओवादी केन्द्रका नेताहरुलाई राम्रैसँग थाहा थियो । तरपनि नहुँने काममा उनीहरुले हात हालिरहेका छन् ।  १६ बुँदे सहमति र संविधान कार्यान्वयन, भूकम्प पीडितलाई राहत तथा पुर्नसंरचना र सरकारले लिएको राष्ट्रिय स्वाधिनता तथा समृद्धिको ऐजेण्डामा माओवादीले छलफल गर्नु पर्दथ्यो । वर्तमान सरकारको लोकप्रियता चुलिएका बेला माओवादीले सरकार परिवर्तनको खेल खेलेको छ । अन्तगोत्वा यसको क्षति माओवादी केन्द्रलाई नै हुने निश्चित छ । स्वाधिनता र विकासका लागि यो सरकारका पक्षमा जनमाहोल छ । माओवादीले यी चार ऐजेण्डामा छलफल गर्नु पर्दथ्यो ।

अहिले अर्को खेल पनि भइरहेको छ । एमालेलाई बाहिर राखेर कांग्रेस–माओवादीको सरकार बनाउने खेल सुरु भएको छ । यसले एमालेलाई कुनै घाटा हुँदैन र एमाले आत्तिएको पनि छैन । मनमोहन अधिकारी नेतृत्वको लोकप्रिय सरकार ढालेपछि कांग्रेस स्थानीय निकायको निर्वाचनमा पराजित भएको थियो भने एमालेले निकै ठुलो बहुमत ल्याएको थियो । अहिलेको अवस्था पनि त्यही हो ।

 (पोखरेलसँग गरिएको कुराकानीका आधारमा)



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger