|
|
काठमाडौं , १८ असार । बंगलदेशको ढाकास्थित एक क्याफेमा आक्रमण गरि बन्धक बनाइएका २० जनाको हत्या भएको बंगलदेश सरकारले बताएको छ ।
बन्दुकधारीहरुको समुहले बंगलादेशको सबैभन्दा सुरक्षित मानिएको गलशन इलाकाको क्याफेमा शुक्रबार आक्रमण गरि २० जना नागरिकलाई बन्धक बनाएका थिए ।
बन्दुकधारीहरुको आक्रमणपछि बंगलादेश सरकारले रेस्क्यु अपरेसन चलाएको थियो र १२ घण्टा लामो सेस्क्यु अपरेसन पछि क्याफे सुरक्षाकर्मीको नियन्त्रणमा आएको जनाएको छ ।
अपरेशजनका क्रममा छ जना आक्रमणकारीहरु मारिएका छन् भने एक जनालाई जिवितै पक्राउ गरिएको सरकारका प्रबत्ताले बताएका छन् ।
|
|
Post a Comment