|
|
साउन ९ , काठमाडौं –
शुक्रबारदेखिको अविरल वर्षासँगै जिल्लाका तीनवटा खोलामा आएको बाढीले सप्तरीका विभिन्न १३ वटा गाउँ–टोलका झन्डै दुई हजार घर डुबानमा परेका छन् । सदरमुकाम राजविराजका वडा नम्बर ५ र ८ मा पनि वर्षाको पानी निकास हुन नसकेर ८० वटा घर डुबानमा परेको प्रहरीले जनाएको छ । खाँडो खोलामा आएको बाढीले तिलाठी र सकरपुराका झन्डै ७ सय घर डुबानमा परेका छन् । सोही खोलाको बाढीले देउरी भरुवाका सय, तोपाका सय, कजौलीका सय, रम्पुरा मल्हनियाँका ८५ र कोइलाडीका ५५ घर डुबानमा परेका छन् । सप्तरीको दिघुवास्थित मुसहर बस्तीमा खाँडो खोलाको बाढी पस्दा सय घर डुबानमा परेको स्थानीयले जानकारी गराएका छन् । त्यसैगरी, जिता खोलाको बाढीले महादेवाका सय र भगवतपुर तथा बथनाहा लौगी टोलका ५०–५० घर डुबानमा परेका छन् । महुली खोलाले सप्तरीको धनपुरीमा दुई सय मिटर बा“ध कटान गरेपछि पोर्ताहाका विभिन्न चार वडाका तीन सय २५ र भारदहका सय घर डुबानमा परेका छन् । ३३ घरपरिवार अन्यत्र बाढीको जोखिमका कारण लापिलाङ गाविस–६ का ३३ घरपरिवार आफ्नो गाउँ छाडेर अन्यत्र बस्न थालेका छन् । दोर्पा, थाङबारु, खत्री गाउँ, गुर्जापालगायतका घरपरिवार सुरक्षित ठाउँमा गएर बस्न थालेका हुन् । ‘पहिरोले हाम्रो निद्रा हराइदिएको छ, टहराको बाससमेत अहिले छाडेर गोठमा गएर बस्नुपर्ने बाध्यता छ,’ लापिलाङका स्थानीयबासी बलबहादुर थामीले भने । भूकम्पले जमिन चिरिएको भागमा बसोबास गरिरहेका मानिसको सुरक्षित ठाउँमा स्थानान्तरण नहुँदा स्थानीयबासीको बिचल्ली भएको हो । सो क्षेत्रमा तीन सय बिघाभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । कोसी ब्यारेजका ३२ ढोका खोलियो धरान- कोसीको बहाव यस वर्षकै उच्च भएपछि कोसी ब्यारेजका ५२ ढोकामध्ये ३२ ढोका खोलिएको छ । कोसी ब्यारेजको पुलमाथिसम्म पानी पुगेपछि ढोका खोलिएको हो । शनिबार दिउासो दुई बजे कोसीको बहाव दुई लाख ३८ हजार पाँच सय ५० क्युसेक मापन गरिएको कोसी ब्यारेज प्रहरी चौकीका सइ भीम थेबेले जानकारी दिए । कोसीले पूर्व–पश्चिम क्षेत्रमा कटान गरिरहेकाले प्लस्टर टिम पनि तयारी अवस्थामा बसेको सुनसरी प्रशासनले जनाएको छ । ‘खतरा बढे जनतालाई त्यहााबाट अन्यत्र सार्ने गरी तयारी अवस्थामा छौा,’ प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले भने ।
|
|
Post a Comment