Headlines News :
Home » » पोखराको डेभिजफल्समा हामफालेका दिपेन्द्रको शव फुस्रेखोलामा फेला..

पोखराको डेभिजफल्समा हामफालेका दिपेन्द्रको शव फुस्रेखोलामा फेला..

Written By news on Saturday, 23 July 2016 | 21:56


पोखरा, ८ साउन ।
 बिहीबार पोखराको डेभिजफल्समा हामफालेका दिपेन्द्र पौडेलको शव फुस्रेखोलामा फेला परेको छ । पातले छाँगोको टिकट काउन्टरमा कार्यरत पौडेल बिहीबार बिहान करीब ११ बजे हामफालेका थिए ।

पौडलको शव आज फुस्रेखोलामा भेटिएको प्रहरीले जानकारी दिएको छ । पानीको वहाब बढी भएका बेला छागोमा हामफालेकाले बगेर शवलाई खोलामा पुगेको प्रहरीको अनुमान छ ।

हामफालेको कसैले नदेखेपनि उनले लगाउने कपडा, पर्स र चप्पल छाँगोको डिलमा भेटिए पछि खोजी गरिएको थियो । खोजीमा खटिएको क्षेत्रीय प्रहरी गणको उद्धार टोलीले फुस्रे खोलामा शब फेला पारेको हो । उनको शब पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।

पछिल्लो समय पातले छाँगो आत्महत्या गर्ने थलोको रुपमा बिकसित हुँदै गएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger