|
|
बंगलादेशमा एक हिन्दू पूजारीको हत्या भएको छ । बिहानको पूजा गर्ने तयारीमा रहेका पूजारीको घाँटी रेटेर हत्या भएको हो । मोटरसाइकलमा आएका तीन जनाको समूहले उनको घाँटी रेटेर हत्या गरेको जनाइएको छ । हत्यापछि उनीहरु फरार भएका छन् ।
हत्याको कारण खुल्न नसके पनि इस्लामिक कट्टरपन्थीको हात रहेको हुनसक्ने आशंका बंगलादेश प्रहरीले गरेको छ । बंगलादेशमा यसअघि पनि हिन्दु पुजारीको हत्या भएको थियो ।
|
|
Post a Comment