अब मामाफुपूका छोराछोरीबिच तथा हाड नाता बिच विवाह हुँदा यस्तो रोग धेरै हुने। किन यस्तो हुन्छ ? थाहापाउनुहोस

नेपालमा कतिपय समुदायमा मामाफुपूका छोराछोरीबीच विवाह गर्ने चलन छ । त्यो समुदायमा आनुवंशिक रुपमा जेनेटिक हुने सम्भावना धेरै हुन्छ । आमाबुबा दुवैको परिवारमा आनुवंशिक रुपमा सर्दै आएको रोग सन्तानमा सर्ने सम्भावना बलियो हुन्छ । हाम्रो शरीरमा लगभग २५ हजार जिन पाइन्छन् । यी जिनमा कतिपय समयमा यस्ता रोग भेटिन्छन्, जुन वातावरण वा जिनमा कुनै प्रकारको गडबडीले हुन्छन् । पारिवारिक इतिहासमा भने उक्त रोग हुँदैन । यस्तो रोग जेनेटिक भए पनि आनुवंशिक होइन । पछिल्लो समय घरमा सबै बच्चा अशक्त रहेको भन्ने समाचार नेपालमा पनि धेरै आउने गरेका छन् । एउटा बच्चा असाधारण अवस्थाको जन्मियो भने सचेत हुनुपर्छ । अर्काे बच्चा पाउनुअघि वंशाणुगत इतिहास हेरेर ‘रिस्क क्यालकुलेसन’ गर्नु जरुरी छ । नेपालमा समेत यो बच्चालाई भविष्यमा रोग हुन सक्छ कि सक्दैन भन्नेसम्मको प्रविधि आइसकेको अवस्थामा जाँच गर्न सकिन्छ । पछि परिवारलाई भार हुनुभन्दा बेलैमा सचेत भएको राम्रो हुन्छ । नेपालमा अहिले सन्तानसँग जोडेर धेरै वंशाणुगत समस्या लिएर जाँच गर्न आएको भेटिन्छन् । बच्चा नहुने, बच्चा अपांग वा अशक्त जन्मिने, जन्मिनेबित्तिकै वा एक हप्तामा खेर जाने र जवान भइसक्दा समेत रजस्वला नहुने समस्या धेरै देखिन्छ । त्यसपछि काम्ने रोग, तीन, चार वर्षको उमेर भएपछि मस्कुलर डिस्ट्रफी हुने पनि देखिन्छ । क्यान्सरमा रक्त क्यान्सर, ब्रेस्ट क्यान्सर, पाठेघरको क्यान्सर, सिकलसेल एनिमिया, थैलेसिमिया जस्ता रोग देखिन्छन् । यसअघि जेनेटिक रोगको जोखिमका लेखाजोखा गर्ने जनशक्ति र प्रविधिको अभाव हुँदा धेरैले विभिन्न उपचार पद्धति अपनाएर लाखौं खर्च गर्दा पनि समस्या समाधान नभएको देखिन्छ । जेनेटिक रोग भएपछि त्यसको अन्त्य त्यति सहज छैन । बरु हुनुअघि नै थाहा पाएर त्यसको समाधान गर्न सकिन्छ । कतिपय अवस्थामा जेनेटिक रोग आगामी पुस्तामा स्थान्तरण नहोस् भनेर आफ्नो पुस्तामै रोकथामको उपाय अपनाउन सकिन्छ । पछिल्लो सयय यसका लागि प्रविधिको सहारा लिने गरिएको छ । नेपालमा प्राकृतिक रुपमा बच्चा पाउन नसक्नेले आइभिएफको सहारा लिइरहेका छन् । वंशाणुगत रोग हुनेले नयाँ प्रविधिको सहारा लिँदा रोकथाम हुन सक्छ । त्यसैगरी थैलेसिमिया, गर्भपतन, सिस्टिक फाइब्रोसिस, डाउन सिन्ड्रोम, हिमोफिलियाजस्ता रोगबाट पनि यस प्रविधिका माध्यमबाट जोगाउन सकिन्छ । त्यसैले गर्भाधानको समयमा सतर्क रहनु सबैभन्दा जरुरी छ । दम्पतीले सन्तान योजना बनाउनुअघि आफ्नो परिवारको इतिहासका बारेमा जानकारी लिनुदिनु राम्रो हुन्छ । गर्भाधारण गर्नु दुई महिनाअघि नै जनेटिक रोग विशेषज्ञलाई समेत आफ्नो परिवारको इतिहासका बारेमा बताएर सल्लाह लिँदा खराब जिनका कारण सन्तान रोगी हुनबाट जोगाउन सकिन्छ । कतिपय पारिवारिक बिरामीबाट जोगाउनका लागि औषधिको प्रयोग मात्रै पनि लाभदायी हुन्छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment