Headlines News :
Home » » विमानस्थलवाट काचो सुन ल्याउन पूर्णप्रतिवन्ध..

विमानस्थलवाट काचो सुन ल्याउन पूर्णप्रतिवन्ध..

Written By news on Friday, 1 July 2016 | 04:07


काठमाडौ,१७ असार ।
सरकारले साउन १ गतेदेखि विमानस्थलवाट काचो सुन ल्याउन पूर्ण प्रतिवन्ध लगाएको छ । साउन १ गतेदेखि विदेशबाट फर्केका नेपालीले कत्ति पनि काँचो सुन ल्याउन नपाउने भएका हुन् । त्यस्तै ५० ग्रामभन्दा बढी सुनका गहना आफ्नो साथमा ल्याएमा जफत हुने भएको छ। १२ महिना बढी विदेशमा काम गरी फर्किएका नेपालीहरुले १ पटकलाई ३२ इन्चसम्मको टिभी ल्याउनलाई भन्सार छुट गरिएको छ। १.१५ लिटरसम्मका जुनसुकै मदिरा ल्याउन पाउने व्यवस्था रहेकोमा सो परिमाणलाई घटाएर १ लिटर बनाइएको छ।
साउनदेखि विदेशबाट आउने नेपालीहरुले झिटी, गुन्टासँगै ल्याउन पाउने गरगहना, टिभी, मदिराजस्ता सामानको परिमाण तथा व्यवस्थामा हेरफेर गरिएको छ। जसअनुसार अब विदेशबाट फर्केका नेपालीले कत्ति पनि काँचो सुन ल्याउन नपाउने भएका छन्। हालसम्म ५० ग्रामसम्म काँचो सुन, ५ सय ग्रामसम्मको काँचो चाँदी भन्सार तिरेर ल्याउन पाउने व्यवस्था रहेको रहेको छ। त्रिभुवन विमानस्थल भन्सार कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी साउनदेखि हेरफेर हुने भन्सार व्यवस्था तथा नियमबारे जानकारी गराएको हो।
५० ग्रामसम्मको सुनबाट बनेको गरगहना, ५ सय ग्रामसम्मको चाँदीबाट बनेका गहना र १ लाख रुपैयाँसम्मको सुन तथा चाँदीबाट बनेका जडित गहनाहरु ल्याउँदा महशुल तिर्नुपर्ने छैन। साउनदेखि ५० ग्रामभन्दा बढी सुनका गहना आफ्नो साथमा ल्याएमा जफत हुने भएको छ।  ६ महिनाभन्दा बढी समयसम्म विदेशमा काम गरी स्वदेश फर्केका नेपालीले भन्सार महसूल बुझाई साथमा ५ सय ग्रामसम्म सुनका गहना ल्याउन पाउने व्यवस्था हालसम्म रहेकोमा साउनदेखि सो व्यवस्था खारेज गरिएको हो।
हाल ६ महिनाभन्दा कम अवधि विदेशमा बसेर आउने नेपाली नागरिकले समेत थप ५० प्रतिशत भन्सार शुल्क तिरेर ४ सय ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्था छ।  उनीहरुले पनि अब ५० ग्रामभन्दा बढी सुनका गहना साथमा ल्याउन पाउँदैनन्। अथवा १ लाख रुपैयाँसम्मको गरगहना जडित सामान भन्सार नतिरी ल्याउन पाइने छ भने सोभन्दा बढी रकमको गरगहना जडित सामान भएमा पनि जफत गरिने भन्सार कार्यालयले जनाएको छ।
यदि नेपालबाट विदेश जाने यात्रुले अति आवश्यक कामका लागि ५० ग्रामभन्दा बढी परिमाणको सुनका गहना र ५ सय ग्रामभन्दा बढी चाँदीका गहना लैजानु परेको खण्डमा नेपालमा खरिद गरेको प्यान नं. बिलसहितको प्रमाण पेस गर्दै लागत फारम भर्नुपर्नेछ। यसरी  भरिएको लागत फारम विदेशबाट फर्कँदा भन्सार विभागलाई देखाएर मात्रै फर्किनुपर्नेछ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले काँचो सुन ल्याउन पाउने हालको व्यवस्थालाई दुरुपयोग गरिएका कारण आयात रोकिएको स्पष्ट पारेको छ। भन्सार कार्यालयले काँचो सुन ल्याउन पाउने अहिलेको व्यवस्थाको ९० प्रतिशत दुरुपयोग भएको जनाएको छ।
त्यस्तै नेपाली वा विदेशी नागरिकले ५ हजार अमेरिकी डलर वा सो रकम बराबरको परिवर्तित मुद्रा पनि साथमा ल्याउन नपाउने व्यवस्था कायम गरिएको छ। यदि सोभन्दा बढी डलर वा परिवर्तित रकम ल्याउनुपरेमा भन्सार अधिकृतसमक्ष प्रयोजन खुलाई प्रमाणित गराउनुपर्ने हुन्छ। तर भारतीय र नेपालीको हकमा भने २५ हजार भारुसम्म र बिरामी अशक्तका लागि ५० हजार भारुसम्म ल्याउन लैजान पाउने व्यवस्था छ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger