|
|
२३ असार २०७३,
कलाकार हरिवंश आचार्यले नेपाली समय अनुसार सोमबार राति आफ्नो फेसबुकमा मेरो जेठो छोरा त्रिलोक आचार्यको विवाह अमेरिकामा नेपाली परम्परा अनुसार सम्पन्न भयो भन्दै फोटो राखे।
वास्तवमा त्रिलोकले यो दोस्रो पटक विवाह गरेका हुन्। अलग केटीसँग होइन, एउटैसँग। पाँच वर्षअघि गरिएको विवाहमा त्रिलोकका परिवार कोही उपस्थित थिएनन्।
यो बिहेले नेपाली परम्पराको औपचारिकता भने आफ्ना बाबुको बिहेपछि बल्ल पायो। अमेरिकामा पढ्नका लागि गएका हरिवंश आचार्यका जेठा छोरा त्रिलोक आचार्य २० वर्षका थिए। स्वार्थमोर कलेजमा उनले जोए लेविस्कीलाई भेट्दा उनको उमेर भर्खर १६ वर्षको थियो। दुवै साथी भए। मित्रता यति गाढा भयो कि एक अर्का बिना बस्नै नसक्ने भए।
पाँच वर्षको प्रेम सम्बन्धपछि त्रिलोक २५ र जोए २१ वर्षकी हुँदा स्वार्थमोर मै एउटा सानो समारोहमा उनीहरुको बिहे भयो। तर ठीक त्यति नै बेला यता काठमाडौँमा त्रिलोक परिवारमा बज्रपात भयो।त्रिलोककी आमा, हरिवंशकी पत्नी मीरा आचार्यको मृत्यु भयो। जसका कारण बिहेमा त्रिलोकको परिवार उपस्थित हुन सकेन।
आमाको निधनपछि त्रिलोक र जोए दुवै काठमाडौँ आए। हरिवंशको घरमा एक वर्षसम्म उनीहरु सँगै बसे। पत्नीको निधनपछि हरिवंशले आफूलाई सम्हाल्न सकेनन्। उनको अवस्थालाई विचार गरेर धेरै साथीभाइ र शुभचिन्तकले अर्को विवाह गर्न हरिवंशलाई सुझाए।
हरिवंशले आफ्नो आत्मकथा चिना हराएको मान्छेमा लेखे अनुसार विवाहका लागि छोराहरुले समेत कर गरेका थिए।
त्रिलोकले गुगलमा इन्जिनियरको जागिरको अफर आएपछि सन् २०१२ मा उनीहरु बोस्टनमा सिफ्ट भए। जोए म्याकग्लेन मिडिल स्कूलमा स्पिच ल्याङ्ग्वेज प्याथोलोजिस्टका रुपमा काम गर्छन्।
|
|
Post a Comment