Headlines News :
Home » » बिहान साढे ९ जे मात्रै नर्स कोइरालाको अवस्था बुझ्न जाँदा मृत अवस्तामा भेटिए ..

बिहान साढे ९ जे मात्रै नर्स कोइरालाको अवस्था बुझ्न जाँदा मृत अवस्तामा भेटिए ..

Written By news on Wednesday, 6 July 2016 | 23:37


काठमाडौं, २३ असार .
 मंगलबार बेलुका ८ बजे ओम अस्पताल पुग्दा कांग्रेस महामन्त्री डा सशांक कोइराला सामान्य अवस्थामै थिए। सँगै रहेका सहयोगी भरत तिवारीका अनुसार पेटमा खराबी भएका कारण अस्पताल लगिएको थियो। उनी बस्ने टोखाबाट अस्पताल आउन करिब ४० मिनेट लाग्छ। सवा ७ बजेतिरै शशांक निवासबाट निस्किएका थिए। चिकित्सकले सामान्य चेकअप गरी भर्ना गरे।

‘अस्पताल आउँदा केही भएजस्तो थिएन, सामान्य अवस्थामै हुनुहुन्थ्यो। पेटको सामान्य खराबी भएर ल्याइएको थियो। बुधबार विस्तृत जाँच गरेर टोखा फर्कने योजना बनाएका थियौं,’ तिवारीले भने, ‘सामान्य अवस्थामा भएकैले चिकित्सकले बेलुका विस्तृत जाँच नगरी भोलिपल्ट बिहान गर्ने योजना बनाएका थिए।’

भर्ना भएका कोइराला आईसीयूकै प्राइभेट कोठामा बसेका थिए। ‘बेलुका भोक लागेर पिजा खाने भन्नुभयो। पिजा ल्याएर दियौं, त्यसपछि एक गिलास जुस पनि खानुभयो,’ तिवारीले भने। कोइरालासँग केही चिकित्सक र सहयोगी राति १ बजेसम्म कुराकानी गरेर बसेका थिए। त्यतिबेलासम्म उनलाई केही भएको थिएन। अस्पतालमा निदाउन गाह्रो होला भनेर सुत्ने बेलामा ‘सिलिपिङ टयाबलेट’ दिइएको थियो। त्यसपछि उनी निदाए। ‘म आफैं पनि राति एक–दुई पटक उठेर हेरें, घुर्दै सुतेको देखें। घुर्ने उहाँको बानी नै थियो, मस्तसँग निदाउनु भएको छ भन्ठानें,’ सँगै रहेका तिवारीले भने।

उनका अनुसार सबै निद्रामा रहेका बेला बिहान साढे ५ बजे मात्रै नर्स कोइरालाको अवस्था बुझ्न आएकी थिइन्। त्यतिबेला कोइराला अचेत भइसकेका थिए। नर्सले चिकित्सकहरूलाई खबर गरिन्। कोइरालाले बान्तासमेत गरेका थिए। तर, कति बजेतिर बान्ता गरे कसैलाई थाहा भएन। तिवारीको अनुमानमा बिहान ३ बजेतिर बान्ता भएको हुन सक्छ। कोइरालाको स्वास्थ्यस्थिति बुझ्न बिहान साढे ५ बजेमात्रै नर्स पुगेको पुष्टि स्वयंं अस्पतालको पहिलो विज्ञप्तिले गरेको छ।

बुधबार बिहान जारी विज्ञप्तिमा कोइराला खोकी र श्वासप्रश्वासमा असहज भई अस्पताल भर्ना भएको उल्लेख छ।  कान्तिपुर दैनिकमा खबर छ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger